जीवनी

अवुल पाकिर जैनुलाअबदीन अब्दुल कलाम (मिसाइल म्यान) को जिवनी

अबुल पाकीर जैनुलाअबदिन कलाम (जन्म: १५ अक्टोबर, १९३१ रामेश्वरम ) जसलाई डा. ए.पी.जे अब्दुल कलामका नामले परिचित भारतका पूर्व राष्ट्रपति, एक प्रसिद्ध वैज्ञानिक र इन्जिनियर हुन। उनले राष्ट्रपति पद २५ जुलाई २००२ देखि २५ जुलाई २००७ सम्म समालेका थियो। उनि मिसइल म्यानको रूपमा पनि चिनिन्छन। विज्ञानको दुनियामा आश्चर्यजनक प्रदर्शनका कारण उनाका लागि राष्ट्रपति भवनको ढोका स्वत खोलियो। एक व्यक्ति जो आफ्नो क्षेत्रमा सपल हुन्छ वा राम्रो प्रदर्शन गर्दछ, उसको लागी सबै कुरा सजिलो हुन्छ । अब्दुल कलाम पनि यस उद्धरणलाई प्रतिनिधित्व गर्ने एक पात्र हुन। उनले विवाह गरेका थिएनन् । उनको जीवनको कहानी कुनै रोचक उपन्यासको नायकको कथाभन्दा कम छैन। चमत्कारी प्रतिभाले धनी अब्दुल कलामको सबै धर्म, जाति र सम्प्रदायमा विश्वास राख्थे। उनी एक असल व्यक्ति थिए जो सबैका लागि ‘एक महान आदर्श’ बनेका छन्।

अब्दुल कलामका केहि प्रेरणादायी भनाईहरु पढ्न यहाँ click गर्नुहोस् 

 प्रारम्भिक जीवनअब्दुल: कलामका बाबु डुंगा मालिक थिए भने आमा गृहिणी थिईन् । पैतृक सम्पत्ति गुमाएर अब्दुल कलाम जन्मिने समयमा उनको परिवार गरिबीको चपेटामा परेको थियो । त्यसैले बाल्यअवस्थामा नै उनले पत्रपत्रिका बेचेर परिवारको आर्थिक पक्षमा सघाउँथे । मायालु पारिवारिक वातावरणमा हुर्किएका उनि पढाईमा औसत अंक हासिल गर्ने गरेतापनि मेहनती थिए । उनले गणित विषयलाई धेरै समय दिन्थे । अब्दुल कलामले सेन्ट जोसेफ कलेजबाट सन् १९५४ मा स्नातक पूरा गरि मद्रास इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एरोस्पेस इञ्जिनियरिङ्गमा डिग्री हासिल गरेका थिए । अब्दुल कलाम १० वर्षको हुँदा स्कुलबाट शैक्षिक अवलोकनको लागि समुन्द्र किनारमा गएका थिए, त्यहाँ शिक्षकद्वारा गराइएको चरा अवलोकनले उनलाई उडान सम्बन्धि अध्ययन गर्ने इच्छा जागेको थियो । त्यस्तै मद्रास इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत रहंदा उनलाई एयरक्राफ्ट सम्बन्धि एउटा प्रयोगात्मक कार्य दिईयो । व्यवस्थापन पक्ष उनको प्रगतिको गतिप्रति खुशी थिएन । त्यसैले उक्त प्रयोगात्मक कार्य तिन दिनमा नसकिएको खण्डमा उनको छात्रवृत्ति रोकिने चेतावनी दिईयो । तर कलामले उक्त कार्य सफलता पुर्वक सम्पन्न गरे र सबैलाई प्रभावित गरे । अब्दुल कलाम फाइटर पाइलट बन्न चाहन्थे । इन्डियन एयर फोर्सले लिने परिक्षामा उत्कृष्ट आठलाई लिईन्थ्यो तर उनि नवौं स्थानमा आएर उनको फाइटर बन्ने सपना पुरा हुन सकेन ।

अब्दुल कलामले मद्रासको शिक्षा सकेपछि “डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ)” मा पहिलो पटक वैज्ञानिकको रुपमा काम गर्न थाले । त्यहाँ उनले होभरक्राफ्ट को डिजाईन पनि गरेका थिए । त्यस समयमा नासाको भ्रमण गर्ने अवसर पाएका कलामले डिआरडिओ मा स्वतन्त्र पुर्वक १९६५ मा रकेट सम्बन्धि कार्यको सुरुवात गरे । अब्दुल कलामले १९७० मा पोलार सेटलाइट लन्च भेइकल ( पीएसएलभी) को लागि जोड दिए जुन १९९३मा सार्वजनिक गरियो । यो कलामको एउटा महत्वपुर्ण सफलता थियो । उनले काम गरेका मिसाईल प्रोजेक्टहरु प्रोजेक्ट डेभिल र प्रोजेक्ट वलियन्ट सफल हुन नसकेता पनि पछिल्लो पृथ्वी मिसाईलको सफलताको लागि बलियो सहयोगी भूमिका खेले ।

अब्दुल कलामले वैज्ञानिक करियरको सुरुवात गरेको संस्था डिआरडिओले मिसाइल विकास कार्यक्रमको लागि उनलाई सन् १९८३ मा प्रमुखको पदको लागि प्रस्ताव गर्यो जुन उनले स्वीकार गरे । त्यहाँ रहँदा उनले विभिन्न मिसाइलहरुको विकास गरे र ति सबैजसो सफल भए । जसले उनलाई “मिसाईल म्यान” को परिचय दियो। उनको यो सफलता र सरकारी संस्थाहरुसंगको कार्यगत सामिप्यताले गर्दा उनलाई सरकारद्वारा वैज्ञानिक सल्लाहकारमा नियुक्ति गरियो । उनले भारतीय सैनिकले गरेको पांच न्युक्लियर बमको परिक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए । अब्दुल कलाम दुरदर्शी थिए । उनले देशव्यापी रुपमा “टेक्नोलोजी भिजन २०२०” को प्रताव गरे जसको उद्देश्य २०२० सम्ममा भारतलाई विकसित राष्ट्र बनाउनु थियो । उनले प्रविधि विकास , न्युक्लियर सशक्तिकरण, कृषि उत्पादनमा वृद्धि जस्ता कार्यक्रमहरुको प्रस्ताव ल्याए ।

सन् २००२ मा अब्दुल कलामलाई राष्ट्रपति बनाउने प्रस्ताव ल्याईयो जसलाई सबै पार्टीहरुले समेत समर्थन गरे र अब्दुल कलाम भारतको एघारौँ राष्ट्रपति बने । उनले आफ्नो पाँच वर्षीय राष्ट्रपतीय कार्यकालमा भारतलाई विकासको खुड्किलोमा माथि चढाए । युवाहरुलाई उनले विशेष प्राथमिकतामा राखी उनिहरुको सफलताको लागि सक्दो प्रयास गरे । उनि “जनताको राष्ट्रपति” भनेर चिनीए । दोश्रो पटक राष्ट्रपति पदमा उभिन चाहेनन् ।

पुस्तकहरू: डा. कलामले साहित्यमा पनि आफ्नो अनुसन्धानले चार उत्कृष्ट पुस्तकहरूमा रचना गरेका छन् । विंग्स अफ फायर’ भारत २०२० – ए भिजन फर द न्यू मिलेनियम ” माई जर्नी ” इग्नाटिड माइन्ड्स – अनलिसिंग द पावर अफ इन्डियन “। उनले आफ्नो जीवनी ‘विंगस अफ फायर’ लेखेका छन् जुन युवाहरुलाई मार्ग निर्देशन प्रदान गर्दछ। उनको दोस्रो पुस्तक ‘गाइडिंग सोलस – डायलोग्स अफ पर्पज अफ लाइफ’ बाट आध्यात्मिक विचारहरू प्रकट गरेका छन। उनले तमिल भाषामा कविताहरू पनि लेखेका छन् र अन्य किताबहरु पनि लेखेका छन.

सम्मान र पुरस्कार: डा.कलामलाई धेरै पुरस्कार र सम्मन मिलेको छल। इन्स्टिच्युसन अफ इन्जीनियर्सको राष्ट्रिय डिजाइन पुरस्कार, एरोनॉटिकल सोसाइटी अफ इंडियाका डा. बिरेन रॉय पुरस्कार , एस्ट्रोनॉटिकल सोसाइटी अफ इंडियाको आर्यभट्ट पुरस्कार, विज्ञानका लागि जिएम पुरस्का, राष्ट्रिय एकीकरणका लागि इन्दिरा गान्धी पुरस्कार र प्रशंसा प्राप्त गरेका छन। उनी भारतका प्रतिष्ठित वैज्ञानिक हुन् जसले विश्वविद्यालय र संस्थानहरूबाट ३० डाक्टर को सम्मन प्राप्त गरेका छन् ।उनलाई नागरिक सम्मानका रुपमा १९८१ मा पद्मभूषण, १९९० पद्म बिभुषण र भारत रत्न बाट १९९८ मा सम्मानित गरिएको थियो।

पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको निधन सोमबार जुलाई २७, २०१५ मा ८३ वर्षको उमेरमा भएको थियो । कलाम आईआईएम शिलांगमा भाषण दिँदै गर्दा उनको स्वास्थ्य अवस्था बिग्रियो। कलामलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।

मानिसको जीवनमा कामको सफलताको लागि सपना देख्नु जरुरि हुन्छ । सपनाले नै एउटा विचार जन्माउँछ र त्यसले तपाईंलाई तपाईंको कामप्रति डोहोर्याउँछ, काम गर्ने उत्साह दिन्छ अनि मेहनत गर्न सक्ने शक्ति थपिदिन्छ । सपना देख्नुस् र त्यो सपना पुरा गर्न बिपनामा जागरुकता ल्याउनुस् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!