तनाव भाइरसको मनोविज्ञान -Tips To Be Tension Free In Nepali
विश्वको सबैभन्दा भयानक विमारी :-Tension is Dangerous
क्यान्सरलाई विश्वको सबैभन्दा भयानक विमारी भनिन्छ तर विश्वको सबैभन्दा खतरनाक विमारी क्यान्सर होइन बरु तनाव (Depression) चिन्ता हो । हरेक वर्ष लाखौँ मानिस क्यान्सरका कारण मर्दछन् तर तनाव (Stress) एक यस्तो विमारी हो जसले जिवित व्यक्तिलाई एक जिउदो लास बनाइदिन्छ । बिभिन्न अध्यनहरु बाट यो पत्ता लागेको छ कि 80 % भन्दा धेरै रोगहरूको कारण तनाव हो । – More Then 80 % of Disease is Stress related
मनले हारे हार , मनले जिते जित
हुनसक्छ व्यक्ति शारीरिक (physically) रूपमा असक्षम रोगी किन नहोस तर मानसिक रुपमा (mentally) स्वस्थ छ भने उसलाई कसैले हराउन सक्दैन । यस्ता कयौ प्रेरक व्यक्तित्वहरु (inspiring personalities) छन् जसले आफ्नो सकारात्मक मानसिक स्वास्थ्य एवं आत्माविश्वास (self-confidence) को कारण आफ्नो जिन्दगीलाई जितिसकेका छन् ।
विल्मा रुडोल्फ (Wilma Rudolph) जसलाई चार वर्षको उमेरमा पोलियो भएको थियो र डाक्टरहरुले भनि सकेका थिए कि उनी कहिल्यै पनि हिडन सक्ने छैनिन तर उनी विश्वको सबैभन्दा तेज धाबक बनिन् । स्टीफन हॉकिंग (Stephen Hawking)जसलाई 21 वर्षको उमेरमा एमायो ट्रोफिक लेटेरल क्लोरोसिस नामक रोग लागेको थियो र डाक्टरहरुले यो भनि दिएका थिए कि हॉकिंग दुई वर्षभन्दा बढी समय सम्म बाँच्न सक्ने छैनन तर हॉकिंगले मृत्युलाई पनि मृत्यु दिए । दिमागलाई छोडेर , सारा शरीर निष्क्रिय भइसक्दा पनि उनले आफ्नो अनुसन्धान जारी राखे र आज उनी विश्वका महान वैज्ञानिकहरु मध्येमा एक छन् । क्रिकेटर युवराज सिंह जसलाई क्यान्सर भएको थियो तर उनले चाँडै क्यान्सरलाई हराए र क्रिकेटमा फर्के ।
यदि स्टीफन हॉकिंग (Stephen Hawking) , विल्मा रुडोल्फ (Wilma Rudolph) एवं युवराज सिंह जस्ता व्यक्तिहरुले हार मानेको हुन्थे भने सायद हामी यो लेख लेखिरहेको हुने थियानौ । यी व्यक्तिहरु यस कुराका साक्षी हुन् कि यदि तपाई सकरात्मक सोच्नु हुन्छ र आफैमाथि विश्वास गर्नुहुन्छ भने तपाइको लागि “असम्भव केही पनी छैन ” Nothing is impossible
वर्तमानमा बाँच्नुहोस् – Live in present
यदि हामीले आफ्ना समस्याहरु र तनाव (tension) का कारणहरूको विश्लेषण गर्यौ भने हामी भेट्नेछौ कि हाम्रा 90% तनावको कारण भूतकाल वा भविष्य कालमा छ , यसको मतलब यो होइन कि हामीसँग वर्तमानमा कुनै समस्या छैन । हाम्रो तनावको कारण या त कुनै घटना हो या भविष्यको डर (fear of future) ।
भूतकालको भूतलाई विर्सनहोस् – Forget The Past
यदि तनाव (tension) को कारण भूतकालमा हो भने यसको मतलब यो हो कि हामी अझै पनि विगतमा अडिएको छौं र हामीले अहिलेसम्म विगतलाई स्वीकार गरेका छैनौं । जबसम्म हामी घटनाहरुलाई स्वीकार गर्दैनौं तबसम्म हामी तनाव (Depression) रुपी भाइरसलाई आफ्नो दिमागबाट हटाउन सक्षम हुनेछैनौं । हिजो त अब गइसक्यो , अब हामी यसबारे केही गर्न सक्दैनौं । नकारात्मक सोच (Negative Thinking) को घोडा बारम्बार दौडाउनु भन्दा राम्रो यो हो कि हामी भुतकालका उस घटनालाई सकरात्मक रुपबाट स्विकार गरौं ।
भविष्यको भबिस्य त वर्तमानले नै निर्धारण गर्दछ ।
तनाव (Tension) को कारण भविष्यको कुनै डर छ भने , यसको भविष्य त वर्तमानले नै निर्धारण गर्दछ । यसैले यदि हामी वर्तमानमा जिउछौ भने भविष्य त राम्रो नै हुनेछ । यदि हामी बारम्बार उस डर सँग डराइ नै रहन्छौं जो अहिलेसम्म जन्मिएको नै छैन , फेरी हामी आफ्नो वर्तमान बिगार्ने छौं र हाम्रो वर्तमानले हाम्रो भविष्यनाई बिगार्ने छ ।
भोलिको कुनै अस्तित्व छैन
जो आउनेवाला भोलि छ , ऊ कहिल्यै आउने छैन जो पनि आउनेछ ऊ आज भएर नै आउनेछ ।
यसैले राम्रो यो हुन्छ की हाम्रो मनको घोडालाई लगाम लगाइ दिउँ र यसलाई ” आज ” मा ल्याएर आउने अन्यथा यस घोडामा ” तनाव ” रुपी भाइरस सवार हुनेछ र यो भाइरसले हाम्रो आत्मविश्वास (self-confidence) लाई खोक्रो बनाइदिनेछ ।
तनावमुक्त रहनको लागि सीधा फंण्डा – Tips to be stress free
उसको बारेमा सोच्न रोक्नुहोस् जो हाम्रो नियन्त्रणमा छैन । जो हाम्रो नियन्त्रणमा छैन त्यो भगवानको नियन्त्रणमा हुन्छ र यदि हामी उनी चिजहरूको बारेमा चिन्तित छौं जो हाम्रो नियन्त्रणमा छैन , यसको मतलब यो हो कि हामीलाई भगवानमाथि विश्वास छैन ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !