प्रेरक प्रसंग

जीवनको रहस्य

एक अपराधी अपराध किन गर्छ ?? उसको अपराध गर्नुको उद्देश्य के हुन्छ ??

एक सन्तले किन सेवा गर्छ ? उसको सेवा गर्नुको उद्देश्य के हुन्छ ??

हामी यो लेख किन लेख्दै छौ ?? हामीले यो लेख लेख्नुको उद्देश्य के हो ??

तपाई यो लेख किन पढ्दै हुनुहुन्छ ?? यो लेख पढ्नुको तपाइको उद्देश्य के हो ??

एक अपराधी , एक सन्त म, तपाईं वा यस संसारमा कोहि पनि व्यक्ति जे पनि गर्दछ उसको अन्तिम उद्देश्य हुन्छ – खुसी । हरेक कोही व्यक्ति सधै खुसी रहन चाहन्छ ।

एक चोर चोरी गर्दछ किनभने उसलाई लाग्छ कि यसबाट उसले पैसा प्राप्त गर्नेछ जसबाट उसलाई खुशी मिल्नेछ ।

एक सन्तले आफ्नो सारा जीवन अरूको भलाइको लागि लगाइदिन्छ , किनकि उसलाई लाग्छ की त्यसले गर्दा उसले खुशी प्राप्त गर्नेछ ।

तपाईं आज यो लेख पढ्दै हुनुहुन्छ किनकि तपाईलाई लाग्छ कि यसले गर्दा तपाईंको जीवनमा अझ राम्रो सुधार हुनेछ र धेरै खुसी रहनु हुनेछ ।

एक संत एक अपराधी दुबै खुशी रहन चाहन्छन् , तर दुवैका बाटोहरु किन फरक-फरक हुन्छन ??

The secret of life in Nepali

के तपाईलाई थाहा छ हाम्रो जीवनको सबैभन्दा ठूलो रहस्य के हो – What is the secret of our Life ??

हाम्रो जीवनको सबैभन्दा ठूलो रहस्य यो हो कि “हामी आफैंलाई नै चिन्दैनौ ” सायद हामी आफ्नो प्रकृति वा स्वभावलाई नै जान्दैनौ वा फेरि जानेर पनि अन्जान छौं ।

जुन तरिकाले हामीलाई थाहा छ कि पानीको स्वभाव तरल हुनेगर्छ त्यस्तैगरी के हामीलाई थाहा छ कि मनुष्यको मुख्य स्वभाव हो के हो ??

के हो हाम्रो मूल स्वभाव – Self Realization

हरेक व्यक्तिभित्र एक शान्त शक्ति मौजूद छ जसलाई हामी आफ्नो अन्तरआत्मा भन्दछौं । यो अन्तरआत्मा हरेक परिस्थितिमा सही हुन्छ । जो अन्तरआत्माले हामीलाई सधैं मार्ग देखाउँदछ ।

जब हामी केही गल्ती गरिरहेको हुन्छौ तब हामी एकदमै अनौठो जस्तो महसुस गरिरहेको हुन्छौ जस्तै कोही केही भनिरहेको छ की यो काम नगर । हामी भित्र मौजूद आन्तरिक शक्ति नै हुने गर्दछ जो हामीलाई खराब कार्य गर्नबाट रोक्दछ ।

भनिन्छ कि हरेक मनुष्य भित्र ईश्वरको अंश हुन्छ , यो ईश्वरको अंश हामीहरूको अन्तरआत्मा नै हो ।

हाम्रो प्रकृति वा स्वभाव शान्त , शक्ति , प्रेम , निडर र अरूको भलाइ हो ।

यो शान्त र अद्भुत शक्ति हरेक व्यक्तिभित्र मौजूद छ चाहे उ एक अपराधी होस् वा एक संत वा अन्य कुनै व्यक्ति । तर फेरी किन संत सही मार्गमा हिँड्छ र एक अपराधी गलत मार्गमा ??

यस्तो यसैले हुने गर्छ कि किनकी सन्तले आफ्नो अन्तर आत्माको आवाज सुन्न सक्छ तर अपराधीलाई ऊ आवाज अब सुनिदैन ।

वास्तवमा जब हामी आफ्नो अन्तर आत्माको आवाजलाई नसुने जस्तै गरिदिन्छौँ भने हामीहरूको आफ्नो अन्तर आत्मा सँगको सम्पर्क कमजोर हुन जान्छ ।

जब हामी दोस्रो पटक केही खराब गर्न गरिरहेको हुन्छौ भने तब आफ्नो अन्तर आत्माको आवाज फेरि महसुश गर्दछौँ तर यस पटक उ आवाज त्यति मजबुत हुँदैन किनकी हाम्रो आफ्नो अन्तर आत्मा सँगको सम्पर्क कमजोर भइसकेको हुन्छ ।

जसरी जसरी हामी आफ्नो अन्तर आत्माको आवाजलाई बेवास्ता गर्दै जान्छौं त्यस्तैगरी नै हाम्रो अन्तरआत्मा संग को हाम्रो सम्पर्क कमजोर हुँदै जान्छ र एक दिन यस्तो आउँछ कि हामीलाई त्यो आवाज पटक्कै सुनिदैन ।

जसरी जसरी हाम्रो आफ्नो अन्तर आत्मा सँग संपर्क कमजोर हुँदै जान्छ उस्तै-उस्तै गरेर हामी उदास रहन लाग्छौं र खुशीहरु भौतिक वस्तुमा खोज्न थाल्छौं । हामी समस्याहरु समाधान गर्न असक्षम हुन जान्छौं जसले गर्दा तनाब हाम्रो आफ्नो प्रिय साथी बन्दछ ।

हामी कहाँ जाँदैछौं ??

आज हाम्रो जीन्दगी एक मेसिन जस्तै भएको छ जसमा हामी दौडीनै रहन्छौं , तर हामीलाई यो थाहा छैन कि हामी कहाँ जानु पर्दछ ?? यदि हामी आफैँलाई पैसा एक कट्टा (जम्मा ) गर्ने रोबर्ट भनियो भने कुनै अतिशयोक्ति हुनेछैन ।

आज हामीसँग सबै कुरा छ फेरी पनि प्रायजसो मानिसहरु खुसी छैनन् !!

यस्तो किन छ ??

यसको सिधा कारण यो कि हाम्रो आफ्नो अन्तर आत्मा सँगको सम्पर्क कमजोर भइसकेको छ , यसैले हामी केवल बाहिरी चिजहरुमा खुशी खोज्छौं ।

हामीलाई लाग्छ कि रिसाउन स्वभाविक हो । तर के एक रिसाहा मानिस खुसी हुन सक्छ ?? क्रोध पछि हाम्रो पूरा दिन वा दुई तिन घण्टा त खराब भएरै छोड्छ यस्तो किन ??

किनकी हाम्रो स्वभाव शान्त रहनको लागि हो त्यसैले जब हामी क्रोधित हुन्छौ , तब हामी आफ्नो अन्तरआत्माको आवाज लाई नसुने जस्तै गर्दिन्छौ ।

वास्तवमा जती हामी आफ्नो अन्तरआत्मालाई बेवास्ता गर्दै जान्छौं त्यति नै हामी मानसिक र भावनात्मक रूपमा कमजोर हुँदै जान्छौं ।

हाम्रो स्वभाब बिल्कुल पवित्र हुन्छ अर्थात् क्रोध , इर्श्या र लोभको लागि कुनै ठाउँ छैन तर जब हामी क्रोध , लालच र इर्ष्यालाई आफ्नो स्वभाब बनाउने कोशिस गर्न लाग्दछौ तब हामी दुःखी हुन्छौं ।

भलै एक चोरलाई लाग्छ कि उ चोरी गरेर खुशी भइहाल्छ तर वास्तवमा ऊ चोरी गरेर आफ्नो समस्याहरुलाई बढाइदिन्छ ।
जब हामी कुनै दोस्रो व्यक्तिलाई नराम्रो भन्छौं , तब हामीले आफैलाई सबैभन्दा धेरै नोक्सान पुर्याउँछौ किनकी हामीले आफ्नो अन्तरआत्माको आवाज सुनेनौ ।

गौतम बुद्धले एकदम राम्रो कुरा भन्नुभएको छ –

तिमीले आफ्नो क्रोधको लागि सजाय पाउँदैनौ बरु तिमीले आफ्नो क्रोध बाटै सजायँ पाउँछौ ।

धेरै मानिसहरुलाई लाग्छ कि हामीले क्रोध इर्ष्या वा लोभ गर्यो भने भगवानले हामीलाई सजाय दिनु हुन्छ । वास्तवमा जब हामी क्रोध इर्ष्या वा लालच वा अरु कुनै पनि खराब गर्छौं भने हाम्रो अन्तरआत्मा संग हाम्रो सम्पर्क कमजोर हुन्छ र यहि नै सजाय हो ।

हामी आफ्नो दुख समस्याहरूको लागि आफै जिम्मेवारी हुन्छौं । मानिसको खुशी उसको अन्तरआत्मा सँग उसको सम्पर्क कति बलियो छ भन्नेमा निर्भर गर्दछ । अन्तरआत्माको आवाज बेवास्ता गरेर हामी आफ्नो खुट्टामा आफै बन्चरो हिर्काउँछौ ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!