तपाईंहरु सबैले प्रसिद्ध नेपाली साहित्यकार भैरव अर्यालको अत्यन्तै लोकप्रिय कृति भोलीबाद त पढ्नुभएकै होला । जसमा सामाजिक , राजनीतिक धार्मिक एवं सामाजिक लगायत हाम्रो जीवनशैलीमा भोलिवादले कसरि गाँजिरहेको छ भन्ने कुरा अत्यन्तै मार्मिक र व्यंग्यात्मक शैलीमा प्रस्ट्याइएको छ । तर फेरि पनि हामी कामहरुलाई भोलिको लागि टाल्ने बानी नै बनाई रहन्छौं , किनकी हामी यस बानीले हुनेवाला नोक्सालाई बुझ्न सक्दैनौ यो बानीले हामीलाई सफल हुन बाट रोक्दछ र हामीलाई अल्छी बनाइदिन्छ ।
हामीसँग कामलाई भोलिको लागि टाल्नको लागि हजारौं बहाना हुन्छन् र हामी यिनी बहानाहरुले आफैलाई यो सम्झाउने प्रयास गर्दछौं कि यो कामलाई आज नगर्नु नै ठिक हुन्छ तर वास्तवमा हामी आफ्नो अल्छीपनलाई यिनी बहानाको नाम दिएर आफूलाई धोका दिइरहेको हुन्छौ भोलिको लागि स्थगित गरिएका कामहरुको धेरैजसो काम त यस्ता हुन्छन् जसलाई गर्नको लागि पाँच मिनेटको समय पनि लाग्दैन तर फेरि पनि हामी उसलाई टालदिन्छौँ किनकि यो हाम्रो बानि बनेको हुन्छ ।
हामी कामलाई कहिलेकाहीँ यसले पनि टालदिन्छौँ कि हामीलाई लाग्छ कि यो काम गर्नको लागि आज सहि समय छैन वा फेरि हामी यो कामलाई भोलि अझ राम्रोसँग गर्नेछौं तर धेरैजसो केसहरुमा यो काम टाल्नलाई एक बहाना हुने गर्दछ । कामहरुलाई स्थगित गर्ने बानीले तपाईंको अमुल्य समय चोरी भइरहेकोहुन्छ। यो बानीले सरल कामलाई मुस्किल र मुस्किल कामलाई अझ धेरै मुस्किल बनाइदिन्छ ।जब हामी कुनै कामलाई भोलिको लागि टालछौं वास्तवमा हामी आफ्नो अवचेतन मनलाई यो बताइरहेको हुन्छौकि हामी आफ्नो अल्छीपन वा डरको कारण यो काम गर्न असमर्थ छौ वा काम गर्न हामीलाई मन लागिरहेको छैन ।
र जतिपटक हामी उस कामलाई भोलिको लागि भन्दै टार्दै जान्छौं त्यति नै पटक हामी आफ्नो अवचेतन मनमा यस कुरालाई मजबुत गर्दै जान्छौं कि ” म यो काम गर्न असमर्थ छु ” र ” मेरो आलस्य र डर यो कामलाई गर्ने दृढ संकल्प भन्दा मजबुत छ ।” एक समय पछि हामीभित्र “आलस्य ” वा ” डर ” यति बलियो हुन्छ की हामी उनी कामहरु या त कहिल्यै गर्न सक्दैनौ या फेरी साना – साना कामहरु गर्नलाई पनि धेरै समस्याहरूको सामना गर्नुपर्दछ ।
कसरी बदल्ने भोलिको लागि टाल्ने बानी ?
हामी कामहरुलाई यसैले स्थगित गर्दछौं कि किनकी यस समय हामी काम गर्न राम्रो महसुस गरिरहेका छैनौं याता हामीलाई लाग्छ की हामी भोलि यो कामलाई अझ ठीक तरिकाले गर्नेछौं ।
निम्न विधिहरु अपनाएर हामी कामहरुलाई टाल्न बाट बच्न सक्छौं
१. कामलाई टाल्ने बहाना खोज्न बन्द गर्नुहोस् र यस कुरामा विश्वास गर्नुहोस् कि काम गर्नको लागि सबैभन्दा सही समय आज र अहिले नै हो ।
२. कार्यस्थलको वातावरणलाई परिवर्तन गर्नुहोस् । यदि हामीलाई अहिले काम गर्न मन लागिरहेको छैन भने यसको कारण हुन सक्छ कि कार्यस्थल को वातावरण । कार्यस्थलको वातावरणमा थोरै परिवर्तन गरेर हामी आफ्नो उत्पादकत्व बढाउन सक्छौं ।
३. काम गर्ने इच्छाशक्ति बढाउनुहोस् र यस काम समाप्त भएपछि प्राप्त हुने राम्रो परिणामको बारेमा सोच्नुहोस् । संकल्प गर्नुहोस् कि तपाई यो काम अहिले यसै समय गर्नुहुनेछ ।
४. काम सुरु गर्नुभन्दा पहिले आफैंलाई रिचार्ज गर्नूहोस् । 10-30 मिनेटमा केहि यस्तो गर्नुहोस जसले तपाईंलाई राम्रो महसुस गराउँदछ । जस्तै मेडीटेशन , योग , म्युजिक सुन्नु , गार्डन मा घुम्नु र मोटीवेशनल भिडियो हेर्नु आदि । यसले तपाइँको मूड परिवर्तन गर्दछ र तपाईं उ काम गर्नको लागि आफूलाई तयार गर्न सक्षम हुनेछ ।
५. एक डायरीमा कामहरूको सुची बनाउनुहोस र तपाईंको योजना लेख्नुहोस् । कामको योजना बनाउन धेरै समय बर्बाद नगर्नुहोस् र आफ्नो योजनालाई बारम्बार परिवर्तन गर्नुहोस् , बस् काम गर्नुहोस । धेरै योजना बनाउनु एक रोग हो जो हामीलाई काम सुरु गर्न बाट रोक्दछ ।
६. उस कामप्रति एकाग्र हुनुहोस् र एकाग्रता भंग गर्ने वाला अवरोधहरू जस्तै सोशल मिडिया , इमेल आदि लाई तबसम्म बन्द गरिदिनुहोस् जबसम्म काम समाप्त हुँदैन । यिनी सानातिना रुकावट हरुले तपाइँको समय बर्बाद गर्दछन् र हामीसँग समय कम हुँदै जान्छ र हामी कामलाई टाल्ने बारे सोँच्न थाल्छौं ।
७. कामलाई सानो सानो भागमा विभाजन गर्नुहोस् र पुरा गर्नुहोस् । एक समयमा त्यो कामको सानो भागको बारेमा मात्र सुरु सोच्नुहोस् र एकाग्र भएर त्यो सानो भागको काम पुरा गर्नुहोस् । यसबाट हामीलाई काम सजिलो हुन लाग्दछ र जब हामी एक हिस्सालाई पुरा गर्दछौं भने हाम्रो आत्मा विश्वास बढ्दछ जसले गर्दा उस काम पूरा गर्ने हाम्रो इच्छाशक्तिलाई बल मिल्दछ ।