आजकल हरेक व्यक्तिसँग कुनै न कुनै दु:ख जरुर हुन्छ । कोही मालिक (हाकिम) सँग समस्यामा छन् भने कोहि श्रीमती संग दुःखी छन्, कोही पैसाको कारण तनावग्रस्त छन् भने कोही आफ्नै छिमेकीको कारणले अर्थात् टेन्शन सबैलाई छ ।
अब कुरा के छ भने यस्ता तनावमा बाँचिरहेका व्यक्तिहरु दैनिक कैयौँ मान्छेहरूको अगाडि आफ्नो दुःख पोख्छन (रुन्छन् ) कोही आफ्नो सम्बन्धित नातेदार भेटिन बित्तिकै आफ्ना सबै टेन्सन उनीमाथि खन्याइदिन्छन् । र यस्ता व्यक्तिहरु केही समयपछि अरूको लागि हाँसोको पात्र बनी हाल्छन् किनकि हाम्रा प्रिय मित्र जुन व्यक्तिको सामुन्ने तपाईले आफ्ना दुखहरु भन्दै हुनुहुन्छ ऊ आफै पनि अरु केही समस्यामा फसेको हुन्छ , कसैसँग तपाईंको समस्या समाधान गर्ने समय हुँदैन ।
– हुनसक्छ कि यदि कसैले तपाईंको समस्या सुनिहाल्यो भने पनि, उसले एउटा कानले सुनेर अर्को कान बाट निकालिदिने छ वा फेरि अरु मान्छेहरु मा गएर तपाईंलाई हाँसोमा उडाउनेछ ।
– कोही तपाईंको जतिसुकै साँचो वा घनिष्ठ मित्र किन नहोस् तपाई उसको अगाडि पैसाको वेदना पोख्नु (रुनु )भयो भने ऊ तपाईंलाई कुनै लाखौंको चेक काटेर दिने वाला छैन, हुनसक्छ कि केही साहनुभुती देखाउला तर त्यसले तपाईंको समस्या समाप्त हुन्छ त ?
– कुनै पनि राम्रो किताब पढ्नुहोस् वा कुनै विद्वान कहाँ जानुहोस्, यो सबै चिजहरु ले तपाईलाई केवल एक मार्ग देखाउन सक्छन् तर आफ्नो समस्या त केवल तपाईंले नै समाधान गर्नुपर्दछ ।
– अरूको अगाडि रुनुहुन्छ भने सृप हाँसोको पात्र बन्नुहुनेछ, यदि तपाईलाई कुनै समस्या छ भने खुलस्त भएर कुरा गर्नुहोस, आफ्नो समस्याको समाधान निकाल्नुहोस् ।
– यदि हामीले तपाईलाई सोध्यौ कि तपाईंका दुई साथीहरु छन् – एउटा सधै खुसी रहन्छ र सँगै रहने मानिसहरुलाई पनि रमाइलो कुरा गरेर खुब हसाउछ र अर्को साथी छ जो तपाईं सँग भेट्न व्यक्तिकै आफ्नो सारा समस्याको गणना गरिरहन्छ भने तपाईं दुई साथीहरु मध्ये कुन साथीलाइ मन पराउनुहुन्छ ? पहिलोवाला होइन र ?
त्यसैले ठिक उस्तै यो कुरा तपाईलाई पनि लागू हुन्छ । हामी यो भन्दैनौ कि अरूसँग सल्लाह नलिनुहोस् , एकदमै लिनुहोस् तर हरेक कसैको अगाडि आफ्ना दुखहरु नपोख्नुहोस् नरुनुहोस् किनकि यसबाट तपाइँलाई केहि हासिल हुने वाला छैन ।