प्रेरक प्रसंग

जीवन के हो ?

विलियम शेक्सपियरले भनेका थिए कि जिन्दगी एक रंगमञ्च हो र हामी मान्छे यस रंगमञ्चका कलाकार । सबै मान्छे जीवन (Life) लाई आफ्नो – आफ्नो दृष्टिकोणबाट हेर्दछन् । कोही भन्छन कि जीवन एक खेल हो । कोही भन्छन कि जीवन ईश्वरले दिएको एक सुन्दर उपहार हो (Life is a gift) , कोही भन्छन की जीवन एक यात्रा हो , कोही भन्छन कि जिबन एक दौड हो र अरु धेरै कुराहरु ।

आज हामी यहाँ जीवनको बारेमा आफ्नो बिचार व्यक्त गर्दैछौ ।

जीवन के हो ?

मानिसको जीवन एक प्रकारको खेल हो  र मानिस यस खेल को मुख्य खेलाडी । यो खेल मानिसले हरेक पल खेल्नु पर्दछ यस खेलको नाम हो “Game Of Thoughts” विचारहरूको खेल , यस खेलमा मानिस शत्रु सँग बचेर रहनुपर्दछ । मानिस आफ्नो शत्रु सँग तबसम्म उम्कन सक्दैन जबसम्म मानिसको साथीहरु उसको साथमा हुँदैनन । मान्छेको सबैभन्दा ठूलो मित्र हो विचार “Thoughts” , र उसको सबैभन्दा ठूलो दुश्मन पनि विचार “Thoughts” नै हो । मानिसका साथीहरुलाई सकरात्मक विचार (Positive Thoughts) भनिन्छ र मानिसका शत्रुहरूलाई नकारात्मक विचार भनिन्छ । मानिस एक दिनमा 600,000 देखि 90,0000 विचारहरू (Thoughts)को साथ रहन्छ । अर्थात् हरेक क्षण मानिस एक नयाँ मित्र (Positive Thoughts) या दुस्मन (Negative Thoughts) को सामना गर्दछ

मान्छेको जीवन विचारहरूको छनोट (Selection of Thoughts) को एउटा खेल हो ।

यस खेलमा व्यक्तिले यो पहिचान गर्न सक्नुपर्दछ कि कुन विचार उसको दुश्मन हो र कुन चाहि विचार उसको मित्र हो , र फेरि उसले आफ्नो साथी छान्नु पर्दछ । हरेक एक मित्र (One Positive Thoughts) आफ्नो साथ कयौ अन्य मित्रहरू (Positive Thoughts) लाई ल्याउँदछ र हरेक एक दुश्मन (One Negative Thoughts) आफ्नो साथ अनेकौं दुश्मनहरू (Negative Thoughts) लाई ल्याउँदछ ।

यस खेलको मूल मन्त्र भनेको यो हो कि जब मानिस निरन्तर शत्रुहरू (Negative Thoughts) लाई छनौट गर्दछ भने उसलाई यसको बानी लाग्दछ र यदि ऊ निरन्तर मित्रहरु (Positive Thoughts) लाई छनौट गर्दछ भने उसलाई यसको पनि बानी लाग्छ । जहिले पनि मानिसले कुनै गल्ती गर्दछ र केहि दुश्मनहरू लाई छनोट गर्दछ भने उनी दुश्मनहरू ले मानिसलाई भ्रम मा पारिदिन्छन् र फेरि मान्छेले आफुलाई नै नियन्त्रणमा राख्न सक्दैन र फेरी मानिस निरन्तर आफ्ना दुश्मनहरू लाई छनौट गरि नै रहन्छ ।

जब मानिस संग धेरै मित्रहरू हुन्छन् र उसका शत्रुहरूको संख्या कम हुन्छ भने मानिस निरन्तर , यस खेललाई जित्दै जान्छ । मानिस जब जित्छ तब ऊ राम्रा कार्यहरु गर्न थाल्दछ र सफलताले उसको कदम चुम्न लाग्दछ , सबैले उसको प्रशंसा गर्दछन् र ऊ खुसी रहन्छ । तर जब मानिसका दुश्मनहरु मानिसका मित्रहरू भन्दा मजबुत हुन्छन् , तब मानिस हरेक पल यस खेलबाट हार्दै जान्छ र निराश एवं क्रोधित रहन लाग्दछ ।

विचारको छनोटमा मानिसले धेरै सावधानी अपनाउनु पर्दछ किनकि मानिसका दुश्मन मानिसलाई लोभ्याउँछन् र मानिसलाई लाग्छ कि उनीहरू नै उसको मित्र हुन् । जो मानिस यस खेललाई खेल्न सिक्दछ्न उनीहरु सफल भैहाल्छन् र जो मानिस यस खेललाई बुझ्न सक्दैनन् उनीहरु बर्बाद हुने गर्छन ।

यस खेलमा अधिकांश व्यक्तिहरु को समस्या यो होइन कि उनीहरु आफ्नो मित्रहरू र दुश्मनहरुलाई पहिचान गर्न सक्दैनन् बरु समस्या यो हो कि उनीहरुले दुश्मन हरुलाई पहिचान गरेर पनि उनीहरुलाई नै छनोट गर्दछन् ।
ईश्वर वा (सकारात्मक शक्तिहरु) मानिसलाई समय -समयमा विभिन्न तरिकाहरू बाट यो सम्झाइनै रहन्छ्न की यस खेललाई कसरी खोल्नुपर्दछ तर यो खेल खेल्न चाहि मान्छेले नै पर्दछ । जब मानिस यसमा हार्दै रहन्छ र यो बिर्सिन्छ की यस खेललाई कसरी खेल्नु पर्दछ तब फेरी ईश्वर उसलाई बताउनु हुन्छ कि यस खेललाई कसरी खेल्नु पर्दछ । यहि नै जीवन हो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!