केहि यथार्थ लाइनहरु

यथार्त मनछुने लाइनहरु संग्रह नौ

१. आफ्ना सपना दराजमा थन्क्याएर अरुको आलोचना गर्ने व्यक्तिहरुको पछाडी नलाग ।

२. नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब पौडिन आउदैन !परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ
जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन।

३. गन्तव्यको पथबाट नै वेपत्ता गरिदिन्छन हर कोहि सित बाटो सोध्नु राम्रो हुदैन ।

४. समयलाई दोष दिएर भाग्न खोज्ने मान्छे कायर हो । बलवान् मान्छे त उल्टो समयलाई नै चुनौती दिएर कर्म गर्नतिर तल्लीन हुन्छ ।

५. मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन ।

६. बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।

७. जसलाई जति अवश्यकता छ त्यति मात्र उपलब्ध हुनुहोस् स्मरण रहोस्,औषधि पनि धेरै खायो भने बिषको काम अवश्य पनि गर्नेछ।

८. महान ब्यक्ति त्यो हाेइन जाे खुसिमा हासाे थपि दिन्छ, महान ब्यक्ति त्यो हाे जुन दुखमा पनि खुसिकाे आभाष गराइदिन्छ।

९. तिमीलाइ जति धेरै ठक्कर लाग्छ उति धेरै हिड्ने गर,ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिल्यै कसैले तल झार्न सक्दैन बिश्वास गर।

१०. जति ठूलो सपना हुन्छ त्यतिनै ठूलो पीडा पनि हुन्छ, र जति ठूलो पीडा हुन्छ त्यतिनै ठूलो सफलता पनि मिल्छ!

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!