प्रेरक प्रसंग

९ कुरा जो हामी भगवद गीता बाट सिक्न सक्दछौं

श्रीमद भगबत गीता हिन्दुहरुको एक धेरै पवित्र ग्रन्थ हो । महाभारतको त्यो भाग , जब भगवान श्री कृष्णले आफ्नो अलमलिएका मित्र अर्जुनलाई महाभारतको युद्धमा सल्लाह दिएका थिए । त्यस समय भगवान श्री कृष्णले अर्जुनलाई आफ्नो भनाईहरु मार्फत जीवन को रहस्य को बयान गरेका थिए । ती भनाइहरू आज पनि प्रत्येक व्यक्तिको जीवनमा त्यत्तिकै महत्त्वपूर्ण छन र सही दिशा देखाउने वाला छन् जति की महाभारतको समयमा अर्जुनको लागि थिए ।

यदि तपाई कहिल्यैपनि आफ्नो जीवनको कुनै पनि मोड को चौबाटोमा हुनुहुन्छ भने , तपाईंका प्रत्येक एक समस्याहरूको उत्तर भगवद गीतामा पाउन सकिन्छ । महात्मा गांधी एवं उनीजस्ता विश्वका कैयौं महापुरूषहरू को लागि भगवद गीता नै उनीहरूको जीवन दर्शन रह्यो ।

9 (Life Lessons From Bhagawat Geeta ( Nepali )

१. जे भयो , राम्रोको लागि नै भयो । जे भइरहेको छ , उ पनि राम्रोको लागि नै भइरहेको छ , जे हुनेछ उ पनि राम्रोको लागि नै हुनेछ

तपाई जुनसुकै कारण ले पनि निराश हुनुहुन्छ , उसलाई बिर्सनुहोस् । वर्तमानमा यदि केहि ले तपाईलाई धेरै दुःख दिइरहेको छ , त्यसको पछाडि निश्चय नै धेरै राम्रा कारणहरु छुपेका हुन्छन … यो एक चक्र हो , जुन तपाईंले स्वीकार गर्ने पर्छ । त्यसैले न भविष्य र न विगतको बारेमा सोच्नुहोस् । तपाईसँग वर्तमान छ यसमा खुशी भएर आनन्दको साथ जिउनुहोस् ।

२. परिवर्तन नै संसारको नियम हो

एक पलमा तपाईं राजा बन्न सक्नुहुन्छ या सन्यासी । पृथ्वी पनि स्थिर छैन , यो पनि घुमी नै रहन्छ – दिनको अन्त्य भएपछि रात आउछ , धेरै गर्मी पछि एक सुखद मनसुन आउँदछ । यस कुराले यो भनाइलाई पुष्टि गर्दछ कि परिवर्तनशिलत़ा संसारको नियम हो त्यसैले उनी कुराहरु र (बस्तुहरु) चिजको लागि दुखी हुनु आवश्यकता छैन । परिवर्तन अस्वीकार गर्नु , तपाईलाई हरेक कठिन अवस्थामा खुसि रहने शक्ति दिन्छ ।

३. ध्यान ( Meditation) ले मन एक दिपकको ज्वाला जस्तै अटुट हुन्छ

हाम्रो समस्या यो कि हाम्रो समस्या यो हो कि हामी आफैंलाई चिन्न सक्दैनौ । हामी मध्ये प्रायः धेरै मानिसले आफैँसँग कहिल्यै भेटने , बुझ्ने कोसिस नै गरेनौ । मेडीटेशन ले हामीलाई आफैसँग भेटाइदिन्छ र जब हामी आफैँलाई जान्छौं तब हामीलाई थाहा हुन्छ की जिन्दगी जादुई रहेछ । ध्यानले कुनै पनि व्यक्तिको जीवन परिबर्तन गर्न सक्दछ ।

४. तपाईं खाली हात आउनुभएको थियो र खालि हात नै जानु हुनेछ

आज हामी मध्ये प्रायः मानिसहरूको जिन्दगी Tample Run गेम जस्तै भइसक्यो , जसमा एउटा केटा दोहोरिरहन्छ र पैसा संकलन गरिरहन्छ उ धेरैभन्दा धेरै पैसा जम्मा गर्ने प्रयास गर्दछ ताकी अझ धेरै तेज गतिमा दौडन सकोस् ।

५. मनुष्य विश्वासले बनेको हुन्छ , तपाईं जस्तो विश्वास गर्नुहुन्छ उस्तै बन्नुहुन्छ

जे तपाई सोच्नुहुन्छ र जुन कुरामा तपाईं बिश्वास राख्नुहुन्छ -तपाईंलाई त्यस्तै नै हुन्छ र तपाईं त्यस्तै नै बन्नु हुन्छ । यदि तपाईं बिश्वास गर्नुहुन्छ कि एक खुसी व्यक्ति हुनुहुन्छ , भने तब तपाई खुशी रहनु हुनेछ र यदि तपाई नकारात्मक विचारहरू ल्याउनुहुन्छ भने , तपाईं दुःखी हुनु हुनेछ । यदि तपाई विश्वास गर्नुहुन्छ कि आजको दिन राम्रो हुन्छ तपाई को दिन राम्रो वित्ने छ ।

६. कर्म गर्नुहोस् फलको चिन्ता नगर्नुहोस

भगवद गीता मा यो पनि हामी सबैको लागि धेरै महत्वपूर्ण छ । हामी जहिले पनि पैसा , एक राम्रो घर , राम्रो कार र सुरक्षित भविष्यको लागि काम गर्दछौं तर धेरैजसो मान्छे जिन्दगीलाई एक रेस सम्झेर दौडिरहेका छन् कि उनलाई गन्तव्यमा छिटो भन्दा छिटो पुग्न सकियोस् र जब गन्तव्य भेटिन्छ त्यसपछि पनि उनीहरु खुशी महसुस गर्दैनन् र उनीहरु अर्को गन्तव्यको लागि भाग्न सुरु गरिदिन्छन् उनी कहिले पनि बुझन सक्दैनन् कि ” जिन्दगी एक यात्रा हो , नाई कि गन्तव्य र जिन्दगीमा खुशी तपाईलाई राम्रो यात्रा गर्नु गर्न बाट प्राप्त हुनेछ नाई कि राम्रो गन्तव्य प्राप्त गर्नु बाट ”

७. शंका (Doubt) को साथ कहिल्यै पनि खुशी मिल्न सक्दैन -न यस लोकमा न परलोकमा

संशय (Doubt) ले हाम्रो दिमागमा एक अस्पष्ट विचारहरूको घुम्टो ल्याउँछ । सन्देह ले हामीलाई डरपोक र अस्थिर बनाइदिन्छ । शंकाको कारण एक व्यक्तिले कहिल्यै पनि साहसी निर्णयहरु लिन सक्दैन र ऊ कडा मेहेनत गर्नुको बाबजुद पनि हारेको व्यक्ति जस्तै जिन्दगी बिताउँछ ।

८. मनुष्य आफ्नो विचारहरुले उचाईहरुलाई पनि छुन सक्छ र आफैंलाई पतन पनि गर्न सक्दछ – किनकी प्रत्येक व्यक्ति उसको आफ्नै साथी पनि हुन्छ र शत्रु पनि

तपाईं आफ्नो सबैभन्दा राम्रो साथी हुनुहुन्छ , तपाइका हरेक समस्याहरूको समाधान तपाईंसँगै हुन्छ र अरु कसैसँग हुँदैन । यदि तपाई आफ्नो समस्याको लागि दस साथीहरुबाट सल्लाह लिन जानु हुन्छ भने तपाई सहयोग प्राप्त गर्न सक्नुहुन्न किनकि उनीहरुसँग दस फरक-फरक सुझावहरू हुनेछन् । तपाईं आफै सँग जोडिनु पर्दछ र स्वयं माथि विश्वास गर्नु पर्दछ ।

९. आत्मा न जन्म लिन्छ न त मर्छ नै

डरको साथ हामीले केहि पनि पाउन सक्दैनौ । डर र चिन्ता दुई शत्रुहरु हुन् , जुन हाम्रो सुख र शान्तिको बाधक हुन् , त्यसैले हामीले पूर्ण रुपमा आफ्नो दिमागबाट यीनीहरुलाई निकाल्ने प्रयास गर्नुपर्दछ ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!