अवुल पकिर जैनुलाअबदीन अब्दुल कलाम [जन्म:१५ अक्टोबर, १९३१/ मृत्यु:२७ जुलाई, २०१५]
एक मध्यम वर्गीय मुस्लिम परिवारमा १५ अक्टोबर, १९३१ (रामेश्वरम धनुषकोटि, तमिलनाडु, भारत), मा जन्म भएको थियो ।जसलाई सामान्यतया डाक्टर ए पी जे अब्दुल कलामका नामले जानिन्छ । डाक्टर ए. पि. जे अब्दुल कलाम भारतीय गणतंत्रका ११ औँ निर्वाचित राष्ट्रपतिका रूपमा चिनिन्छन्। उनी भारतका पूर्व राष्ट्रपति, प्रसिद्ध वैज्ञानिक र अभियन्ता हुनाका साथै उनी अविवाहित थिए। डा. एपिजे आब्दुल कलाम भारतको मिसायल कार्यक्रमको प्रमुख वास्तुकार हुन्
डाक्टर ए पि जे अब्दुल कलामका केही प्रेरणादायी भनाइहरु हामिले यहाँ प्रस्तुत गरेका छौं।
१. सपना त्यो होइन जो निदाएको बेला देखिन्छ, सपना त्यो हो जसले निदाउन दिदैन ।
२. प्रतीक्षा गर्नेलाई तेती मात्र मिल्छ जति कोसिस गर्नेहरुले छोडेका हुन्छन ।
३. एउटा राम्रो किताब हजार साथि बराबर हुन्छ र एक असल साथि एउटा पुस्तकालय बराबर हुन्छ।
४. जीवनमा कठिनाईहरु हामीलाई बर्बाद गर्नलाई आउदैनन, यी त हामी भित्र भयको सामर्थ्य र सक्तिलाई बाहिर ल्याउनमा सहायोग गर्न आयका हुन्छन। समस्यालाई बताउनुहोस् कि तपाइँ समस्या भन्दा ज्यादा कठिन हुन्नुहुन्छ।
५. आत्माविश्वास र कडा मिहिनेत, असफलता नामको बिमारी मार्ने सबै भन्दा राम्रो औषधि हो। यसले तपाईलाई एक सफल व्यक्ति बनाउछ।
६. देशको सबै भन्दा राम्रो व्यक्ति कक्षा कोठाको अन्तिम ब्यन्चमा पनि हुन सक्छ।
७. तपाइँ आफ्नो वर्तमानलाई त बदल्न सक्नु हुन्न तर तपाइँ आफ्नो बाणीलाइ भने जरुर बदल्न सक्नु हुन्छ र निश्चित रुपमा तपाइको बानीले तपाइको भविष्य पक्कै बदलिने छ ।
८. कसैलाई हराउन एकदमै सजिलो छ तर कसैलाई जिताउन एकदमै मुस्किल हुन्छ।
९. तपाई आफ्नो पहिलो सफलतामा नरोकिनुहोस्, यदिब तपाइँ दोश्रो पटकमा फेल हुनु भयो भने दुनिया सोच्ने छन् कि तपाईलाई पहिलो सफलता भाग्यले मिलेको थियो ।
१०. जब तपाइको हस्ताक्षर एक अटोग्राफामा बद्लिंछ भने त्यो एक सफलताको निशानी हो
११. सफलताको काहानी मात्रै नापढ़नुहोस् त्यसबाट तपाईलाई केवल एक संदेश मिल्ने छ, असफलताको काहानी पढ्नुहोस् त्यसबाट तपाईलाई सफल हुने केहि आइडिया (उपाय) पक्कै मिल्नेछ ।
अवुल पकिर जैनुलाअबदीन अब्दुल कलाम (मिसाइल म्यान) को जिवनी
१२. बल्याक्बोर्ड भावनात्मक रुपले नराम्रो हुन्छ तर बल्याक्बोर्डले प्रतेक बिद्यार्थीको जिवन बदली दिएको छ।
१३. शिखर सम्म पुग्नलाई सामर्थ्य चाहिन्छ चाहे त्यो सगरमाथा शिखर होस् वा तपाइको करियरको।
१४. म एक हेन्डसम (handsome) व्यक्ति त होईन तर मा मेरो हात त्यो व्यक्तिलाई दिन सक्छु जसलाई सहयोगको आवश्यकता छ, सुन्दरता मुहारमा होईन हृदयमा हुन्छ।
१५. एउटा मुर्ख जिनिएस बन्न सक्छा यदि उसले थाहा पाउछ र उसले सोच्छ कि उ मुर्ख छ भनेर तर एउटा जिनिएस मुर्ख हुन सक्छ यदि उ आफुलाई जिनिएस सम्झिन्छ भने ।
१६. वर्षातको समयमा सबै पन्छी आश्रयको खोजी गर्छन तर चिल बादल भन्दा माथि उड्छ र वर्षाले उसलाई केहि असर पार्दैन। समस्या सामान्य नै हुन्छन तर हामीले यिनीलाई बढी कठिन मान्छौ ।
१७. जिन्दगि र समय विस्वाका २ राम्रा अध्यापक हुन् । जिन्दगि हामीलाई समयको सदुपयोग गर्न सिकाउछ र समय हामीलाई जिन्दगिको उपयोगीताको प्रतिफल दिलाउछ ।
१८. जब हामि दैनिक समस्याबाट घेरिएका हुन्छौ तब हामी, हामि भित्र भएका राम्रा कुराहरुलाई बिर्सन्छौ ।
१९. जो व्यक्तिहरु आधाअधुरो मन बाट कुनै काम गर्ने गर्छन भने उनीहरुलाइ आधाअधुरो सफलता मिल्छ, जस्ले चारै तिर असफलता भरि दिन्छ ।
२०. तिनवटा एकदमै सुन्दर उत्तर
तपाइको सफलताको रहस्य के हो? सहि निर्णय । तपाइँ सहि निर्णय कसरि लिनु हुन्छ? अनुभब बाट अनुभाब कसरी प्राप्त हुन्छ? गलत निर्णय बाट ।
२१. मेरो नजरमा जवानीमा हामि धेरै आशावादी र कल्पनाशिल हुन्छौ र हामि अरुबाट कम प्रभावित हुन्छौ ।
२२. आकाश तर्फ हेर्नुहोस् हामि एक्लै कहा छौ र सारा ब्रामांड हाम्रालागि अनुकुल छ। जो सपना देख्छ र मेहेनत गर्छ उनलाइ प्रतिफल दिनकोलागि तयार छन् ।
Ramro ATI positive