जिन्दगी सम्बन्धि केहि यथार्थ मन छुने लाइनहरु
१. समझदार व्यक्ति न त कसैको नराम्रो सुन्छ न त कसैलाई नराम्रो नै भन्छ ।
२. जिन्दगीमा दुख छ , दुःखमा पीडा छ , पिडामा मजा छ र त्यो मजा मा म छु ।
३. सफल हुनको लागि राम्रा साथीहरु चाहिन्छ र धेरै सफल हुनको लागि राम्रा शत्रुहरूको आवश्यकता हुन्छ ।
४. भरोसा जित्नु पर्दछ मागेर पाइदैन …
५. जसरी किनारमा उभिएर हेर्नाले मात्रै तपाईं नदी पार गर्न सक्नुहुन्न ठीक त्यसरी नै चुपचाप बसीरहनाले मात्रै तपाईं आफ्ना सपनाहरु पूरा गर्न सक्नुहुदैन ।
६. जुन व्यक्तिहरुमा पढ्ने बानी छ उनीहरु जीवनमा कहिल्यै एक्लो हुन सक्दैनन् …
७. कसैको लागि सजिलै उपलब्ध नहुनुहोस् बरु एक मूल्यवान बन्नुहोस …
८. गन्तव्यमा पुग्ने आशा कहिल्यै नछोड्नुहोस् किनभने अक्सर सूर्य अस्ताएपछि नै फेरि विहानी हुन्छ ।
९. दोषबाट बच्नको लागि एक उत्तम तरिका यो हो कि तपाई सधै सत्य बोल्नुहोस् ।
१०. आँसु आए भने आफै पुछ्नु , कसैले पुछि दिन्छ भने सम्झौता गर्ने छ …