१. यदि म नराम्रो छु भने नराम्रो नै सहि छु तर राम्रो भएको ढोंग त गर्दिन ।
२. बिना मेहनत केहि पनि मिल्दैन साथी , प्रकृति चरीलाई खाना अवश्य दिन्छ तर गुँड मा होइन ।
३. उनी मान्छेलाई ‘केयर’ नगर्नुहोस् जो तपाईलाई ‘इग्नोर’ गर्छन् बरु उनी मान्छेलाई ‘केयर’ गर्नुहोस् जो तपाईंको लागि अरुलाई ‘इग्नोर’ गर्छन् ।
४. जिन्दगीमा हरेक व्यक्ति केहि न केहि सिकाएर जान्छ र त्यो सबकले तपाईंलाई राम्रो व्यक्ति बनाउँदछ ।
५. दुनियाँलाई घृणाको यकिन दिलाउनु पर्दैन तर मान्छे मायाको प्रमाण अवश्य माग्छन् ।
६. प्रत्येक व्यक्तिको जिन्दगीमा एउटा क्षण यस्तो जरुर हुन्छ , जसलाई ऊ कहिल्यै भुल्न सक्दैन ।
७. कसैले म सँग नराम्रो गर्दछ भने ऊ उसको कर्म हो । म कसैसँग राम्रो गर्दछु यो मेरो धर्म हो ।
८. धोका दिएको म धन्यवाद मेरो प्रिय , तिमी भेटिँदैनथ्यौ भने शाहेद जिन्दगीलाई बुझदैंन्थे ।
९. व्यवहारिक होइन अब दुनियाँ बरु व्यवसायीक भैसक्यो सम्बन्धहरु उनीसँगै मधुर हुन्छन जोसँग मुनाफा धेरै हुन्छ ।
१०. साँचो प्रेम कसैलाई मिल्छ भने उसले दुनियाँमा सबै कुरा पाउँछ ।