प्रेरक प्रसंग

अधुरोपन जरुरी छ जिउनको लागि

अधुरोपन शब्द सुन्दै गर्दा नै मनमा एक नेगेटिभ विचार आउँदछ किनकि यो शब्द आफैँले जीवनको कुनै कमीलाई दर्शाउछ तर सोच्नुहोस् यो थोरै जस्तो कमी जीवनमा नहोस त जीवन समाप्त जस्तो हुँदैन र ? यदि तपाईंले ध्यान दिनुहुन्छ भने मानिसलाई काम गर्नको लागि प्रेरित पनि यही कमीले त गर्दछ कुनै पनि कदम हामी यस खालीपन भर्ने दिशामा नै उठाउँछ छौं ।

मनोवैज्ञानिक भन्छन् कि मानव भित्र केही खास जन्मजात शक्तिहरु हुन्छन् जसले उसलाई कुनै पनि नकारात्मक भावना बाट टाढा जानको लागि प्रेरित गर्दछ र उपलब्ध विकल्प हरुबाट उत्तम विकल्प छनोट गर्दछ कुनै पनि चीज जो जीवनमा असन्तुलन ल्याउँदछ व्यक्ति उसलाई सन्तुलनको दिशामा लैजानको लागि कोशिस गर्दछ ।

यदि कुनै कमी छैन भने त्यहाँ आवश्यकता हुने छैन, आवश्यकता हुँदैन भने त्यहाँ कुनै आकर्षण हुँदैन यदि आकर्षण हुँदैन भने त्यहाँ लक्ष्य पनि हुने छैन । यदि भोक लागेको छैन भने खाना तीर जाने प्रश्न नै उठ्दैन त्यसैले आफ्नो जीवनको कुनै पनि कमीलाई नकरात्मक रुपमा हेर्नु ठीक हुँदैन । वास्तविक कुरा यो हो कि यो कमी वा अपूर्णता हाम्रो लागि एक प्रेरकको रूपमा काम गर्दछ ।

कमी हरु सबैको जीवनमा हुन्छन् केवल तिनीहरूको रुप स्तर फरक – फरक हुन्छन् र यस संसारका हरेक काम उही कमीलाई पूरा गर्नको लागि गरिँदै रहिरहेको छ । चाहे जस्तोसुकै व्यवहार होस् दैनिक काम , अफिस जानु , प्रेमसम्बन्ध होस या कसैसँग नयाँ सम्बन्धहरु बनाउनु जीवनको शून्यतालाई पूरा गर्ने दिशामा गरिन्छ । हो यो हुनसक्छ कि केही व्यक्ति उस कमी पूरा भइसकेपछि पनि उसको अझ राम्रोको लागि काम गरि नै रहन्छन् ।

तपाईं कुनै पनि घटनालाई लिनुहोस् जनआन्दोलन , कुनै क्रान्ति सानातिना अपराध , ठूला अपराध वा कुनै परोपकार प्रत्येक कार्य कुनै न कुनै अपूर्णतालाई हटाउनको लागि नै हो । धेरै अनुसन्धानहरूले यो प्रमाणित गरिसकेका छन् कि व्यक्ति कस्तो किसिमको कपडा लगाउँछ , कस्तो किसिमको किताब पढछ, कस्तो प्रकारको कार्यक्रम हेर्न मन पराउँछ र कस्तो किसिमका संगठन संग सम्बन्धित छ । यी सबै आफ्नो जीवनका ती कमिहरुलाई पार गर्न सँग सम्बन्धित हुन्छ ।

महान मनोवैज्ञानिक मालोस ले भनेका छन् कि व्यक्तिको जीवन पाँच प्रकारका आवश्यकताहरु मा परिक्रमा गर्दछ ।
पहिलो आधारभूत आवश्यकताहरु भोक प्यास र सेक्सको, दोर्सो सुरक्षाको, त्रेसो सम्बन्ध वा प्रेमको चौथो आत्मसम्मान को र पाँचौं आत्मसिद्धि कि जसमा व्यक्तिले आफ्नो क्षमता हरुको पूर्ण प्रयोग गर्दछ ।

यो आवश्यक छैन कि हामी हाम्रो जीवनमा मास्लोको आवश्यकताहरूको सुचिमा उल्लेख गरिएका सबै चरणहरूमा पुग्न सक्दछौं र सबै अभाव हरुलाई पार गर्न सक्छौं तर हामी अवश्य प्रयास गर्दछौं । कैयौ घटनाहरु सुन्न सकिन्छ जहाँ मानिसहरुले आफ्नो जीवनका कमजोरीहरुलाई आफ्नो शक्तिमा परिवर्तन गरेका छन् र जसका कारण सारा विश्वले तिनीहरूलाई चिन्छ , जसमा अल्बर्ट आइन्स्टाइन र अब्राहम लिंकन को नाम शीर्षस्थानमा आउँछ ।

अल्बर्ट आइन्स्टाइन जन्मदेखि लर्निंग डीस्अबिलीटि का सिकार थिए । उनी चार वर्षसम्म बोल्न सकेनन् र नौ वर्षसम्म उनी पढ्न सक्दैनथे । कलेज प्रवेशको पहिलो प्रयाशमा उनी फेल भएका थिए । फेरी पनि उनले जे गरेर देखाए अतुलनीय छ ।

अब्राहम लिङ्कनले आफ्नो जिबनमा स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरूको सामना गर्नुपर्यो । उनले आफ्नो जीवनमा धेरैपटक पराजयको सामना गरे यहाँसम्म कि एकपटक उनीनर्भस ब्रेकडाउन पनि भए तर पनि उनी बाउन्न वर्षको उमेरमा अमेरिकाको सोह्रौ औं राष्ट्रपति बने । सत्य यो हो कि एक व्यक्ति चाहन्छ भने आफ्नो जीवनको अधुरोपन पनलाई नै आफ्नो प्रेरणाको सबैभन्दा ठूलो स्रोत बनाउन सक्छ ।

जो अपूर्णता हामीलाई जिबनमा केहि गरेर जाने प्रेरणा दिन्छ भने कसरी नकारात्मक हुनसक्छ । कृपया सोच्नुहोस् यदि यो सानो अपूर्णता हाम्रो जीवनमा छैन भने जीवन कति अधुरो हुनेछ ।

साथी यदि हाम्रो यो सामग्री पढेर सुनेर यदि कुनै एक व्यक्ति को जीवन मा परिवर्तन आउछ भने यो सामग्री सफल रहनेछ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!