के तपाई सानासाना समस्याहरुबाट डराउनुहुन्छ के तपाई जिन्दगिमा मा कुनै यस्तोसमस्याको सामना गरिरहनुभएको छ जुन तपाईलाई पार गर्न असम्भव लाग्छ ? यदि यसो हो भने यो लेख हेरिसकेपछी तपाईलाई आफ्नो समस्या सामान्य लाग्न लाग्नेछ र भित्र बाटै एक आवाज आउने छ कि हो असम्भव भन्ने केही पनि छैन ।
सोच्नुहोस् यदि कुनै बच्चाको विकलाङ्ग (असक्षम ) जन्म भएको छ भने उसका बुवाआमालाई के हुन्छ भनेर अनुमान गर्न गाह्रो छैन । यस्तो अवस्थामा सबैजना निराश हुन्छन् र आफ्नो भाग्यलाई सराप्न सुरु गर्दछन ,त्यो बच्चाको जन्मको समयमा उसका बुवाआमाको पनि ठ्याकै त्यहि मनोदशा थियो । जुन उसको जन्म स्वस्थ भएर पनि उ पूर्णतया अपूर्ण थियो किनभने नत उसका हात नै थिए न त खुट्टाहरु नै । उस बच्चाको नाम थियो निक जसलाई आज विश्वले निक ब्युजेसिक (Nick Vujicic) को नामले जान्दछ ।
हो आज हामी सकारात्मक सन्सारमा तपाईंलाई निक ब्युजेसिक को बारेमा पुराको पुरा biography बताउँदैछौँ । एक यस्तो व्यक्ति जसको बारेमा विश्वाश गर्न गाह्रो छ ‘A man without limbs’ जो आज लाखौ हात खुट्टा भएका मानिसहरूको लागि प्रेरणाको महान स्रोत भएको छ ।
निक ब्युजेसिक को पूरा नाम निकोलस जेम्स ब्युजेसिक हो । निक को जन्म ४ डिसेम्बर सन् १९८२ मा अस्ट्रेलियाको मेलबर्नमा भएको थियो । उनका बुवा बोरिस्लाब ब्युजेसिक तथा आमा दूशा़का ब्युजेसिक मूलरूपमा युगोस्लाबिया सर्वियाका थिए र अष्ट्रेलियामा आएर बसेका थिए । अस्ट्रेलियमा बोरिस्लाब ब्युजेसिक एकाउन्टेन्टको रूपमा काम गर्न लागे र दूशा़का ब्युजेसिक बच्चाहरूको एक अस्पतालमा नर्स भइन् । जन्मदा टेट्रा अमेलिया सिन्ड्रोम को कारण निक का हात खुट्टाहरु पूर्णरुपमा हराइसकेका थिए ।
टेट्रा अमेलिया सिन्ड्रोम बाट पीडित यस समय पुरा विश्वभरि मात्र साथ जना व्यक्ति जीवित छन् जसमध्ये एक निक पनि हुन् । निक को जन्म भएको बेला जब नर्स ले उनलाई लिएर उनको आमाको अगाडि ल्याईन, उनले लिन त के हेर्नसमेत अस्वीकार गरिदिईन तर पछि आमाबुबा हरुले परिस्थितिलाई स्वीकार गरेर निकलाई हुर्काउन बढाउन लागे । निक को जन्मको समयमा उनको एउटा मात्र खुट्टाको स्थानमा केहि जोडिएका औँलाहरू मात्रै थिए । डाक्टरहरुले अप्रेसन गरेर निक को औँलाहरूलाई छुट्टाछुट्टै गरिदिए ताकि उनी उनको मदतले चिजहरु पकड्न , पुस्तकहरूको पाना पल्टाउन र अन्य महत्वपूर्ण कार्यहरु गर्न सकुन् । अहिले निक यता उता घुम्नको लागि इलेक्ट्रिक ह्वील चियर प्रयोग गर्दछन् । चाहे इलेक्ट्रिक ह्वील चियर बाट कही जान अथवा कम्प्यूटर-मोबाइल फोन लाइ प्रयोग गर्न निक आफ्नो औंलाहरुले नै सबै काम गर्दछन् । कल्पना गर्नुहोस् निकले यी सबै कुरा सिक्न र गर्नकोलागि कति हिम्मत जुटाउनु पर्यो होला ।
साथीहरु समस्याले त एक स्वस्थ राम्रो व्यक्तिलाई पनि तोडेर राखिदिन्छ । निक लाई अध्ययन गर्न , खेल्न र आफ्ना दैनिक काम गर्न धेरै समस्या हुने गर्दथ्यो । स्कुलमा केटाकेटीहरु पनि उनको खिल्ली उडाउँथे । यी सबै कुराहरू देखेर निराश र दुःखी भएर 10 वर्षको उमेरमा निक ले पानीको टब मा डुबेर आत्महत्या गर्ने प्रयास गरे तर उनका आमाबुबाको प्रेम र प्रोत्साहन ले उनलाई अगाडि बढ्न प्रोत्साहित गर्यो ।
कुनै समय आत्महत्या को प्रयास गर्ने वाला निक आज हामीलाई प्रेरित गर्दै भन्छन् । यदि तपाईंसँग चमत्कार हुन सक्दैन भने तपाई आफै एक चमत्कार बन्नुहोस् । निक का आमाबुबा हरु उनलाई हरहालतमा आत्मनिर्भर बनाउन चाहन्थे । सानै उमेरदेखि नै निक का आमाबुबाले उनलाई पानीमा पौडिन सिकाउन लागे । 6 वर्षको उमेरमा उनलाई पञ्जा हरूको सहायताले टाइप गर्न सिकाउन लागे । विज्ञहरूको सहयोगमा उनीहरुले निक का लागि प्लास्टिक को यस्तो उपकरण बनाए जसको सहायताले निकले पेन्सिल , पेन समात्न र लेख्न सिके । निक का अभिभावकहरूले निकलाई विशेष स्कुल पठाउन अस्वीकार गरिदिए । उनीहरु चाहन्थे कि निक सामान्य स्कुलमा सामान्य केटाकेटीहरु सँगै पढून । यसमा धेरै कठिनाइहरु आए तर उनीहरुले हार मानेनन् । सामान्य केटाकेटीहरु सँग पढ्ने , लेख्ने र काम काम गर्नाले यो फाइदा भयोकि निक उनीहरु जस्तै काम गर्न लागे । पञ्जाहरूको सहायताले निक्ले पढ्न लेख्न त सिके नै साथै फुटबल , गल्फ र पौडी खेल्न पनि सिके निक पञ्जाको सहायताले नै , ड्रम मात्रै बनाउँदैनन् कि बरु माछा मार्ने , चित्रकला र स्काइ डाइबिङ सम्म गरिदिन्छन् । मुखको सहायताले गियर बदलेर निकले कार पनि सजिलैसँग चलाउँछन् ।
जब 13 वर्षका थिए निक एकदिन उनकी आमाले पत्रिकामा प्रकाशित एक लेख निकलाई पढेर सुनाईन जसमा एक विकलाङ्ग (असक्षम) व्यक्तिको संघर्ष र सफलताको कहानी थियो । निक लाई महसुस भयो कि दुनियाँमा उनी एउटा मात्र असक्षम होइन रहेनछन र परिश्रम र संघर्षबाट अगाडि बढ्न सकिन्छ । त्यसपछि उनको जीवनको दिशा नै परिवर्तन भयो । उनलाई यस्तो लाग्यो कि भगवानले उनलाई केही फरक गर्नको लागि नै यस्तो अवस्थामा राख्नु भएको हो । उनीलाई त आफैंलाई प्रेरणा र प्रोत्साहनको जरुरी थियो तर उनले संकल्प गरेकी उनी आफैंले मान्छेहरुलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्नेछन् , ताकि मान्छेहरुमा व्याप्त निराशा र स्थिरता हटाउन सकियोस् र उनीहरु उत्साहपूर्वक काम गर्दै राम्रोसँग जीवन बिताउन सकुन ।
उन्नाइस वर्षको उमेरमा निक ले एक प्रेरक वक्ता रुपमा काम गर्न सुरु गरिदिए । ऐक्काइस वर्षको उमेरमा निकले अकाउन्टिंग वा फाइनान्समा ग्रेजुएशन गरे ।
२००५ मा उनले एक अन्तर्राष्ट्रिय गैर नाफामूलक संस्था life without limbs को स्थापना गरे । २००७ मा उनले एटिट्युड इज अल्टिट्युड नामबाट एक कम्पनी खोले र एक प्रेरक बक्ताको रुपमा काम गर्न लागे । २००९ मा उनले एक लघु चलचित्र बटरफ्ल्याई सर्कल बनाए जसको लागि उनलाई उत्कृष्ट एक्टरको अवार्ड दिइयो । यसैबीच २००८8 मा उनको प्रेरक भाषण सुन्न आएकी कानै मियाहारा क्यानइ मियाहरासँग उनको भेट भयो जुन प्रेममा परिणत भयो र २०१२ मा उनीहरु ले विवाह पनि गरे । बिना हातखुट्टा जन्मिएको उ बच्चा आज संसारकै सबैभन्दा प्रेरणादायी वक्ताहरु मध्येको एक हुन् । निकले ४० भन्दा बढी देशहरुमा आफ्ना कार्यक्रम गरिसकेका छन् । जुन बच्चा जन्मदा उस्की आमा सम्म उसलाई देख्न चाहँदैन थिइन् उसैलाई देख्न सुन्नको लागि आज हल खचाखच भरिएका हुन्छन् , एकपटक त उनको प्रेरक भाषण सुन्नको लागि एक लाख भन्दा बढी मानिसहरु उपस्थित भएका थिए र मानिसहरूलाई बस्न सम्मको लागि ठाउँ थिएन ।
निक हाल आफ्नी पत्नी र बच्चाहरूसँग क्यालिफोर्नियामा बस्दै आएका छन् र अत्यन्त सन्तुष्ट जीवन बिताइरहेका छन् , जो उनको सकारात्मक सोच र संघर्षकै परीणाम हो । जो जीवनमा साना-साना समस्याहरु सँग डराउँछन् र हार मानिहालछन् उनिहरु को लागि निक भन्दा ठूलो प्रेरणाको स्रोत को हुन सक्छ र ? साँच्चिकै भन्ने हो भने निक करोडौं संघर्षशील मानिसको लागि एक जीवित प्रमाण हुन् कि असम्भव भन्ने केही पनि छैन ।
साथिहरु हाम्रो यो सामग्री पढेर सुनेर यदि कुनै एक व्यक्ति को जीवन मा पनि परिवर्तन आउछ भने यो सामग्री सफल रहनेछ ।