प्रेरक प्रसंग

सबैभन्दा ठुलो जोखिम कुनै पनि जोखिम नलिनु हो

कार्टुन नहेर्ने त्यो जमानामा वाल्ट डिज्नेले सर्वप्रथम कार्टुन चलचित्र निर्माण गर्ने जोखिम मोले।

ग्रेटा गारवोले मनग्य सम्पति दिने टोपी कम्पनिको काम छोडी फिल्म क्षेत्रमा संघर्ष गर्ने जोखिम उठाएकी थिइन्।

ब्रुसली ले एक सय बाह्र डलर बोकेर अमेरिका छिर्ने जोखिम उठाएका थिए।

जेफ वेजोसले मासिक हजारौ डलरको जागिर छोडेर अमेजन डट कमको सुरुवात गर्ने जोखिम उठाएका थिए।

वियर ग्रेल्सले ढाडको हड्डी भाचिए पनि सगरमाथा चढ्ने जोखिम उठाएका थिए।

ब्लेडले दारी काट्ने परिपाटी नभएको समयमा किंग सी जिलेटले भारि ऋण काढेर ब्लेड कम्पनि खोल्ने जोखिम उठाएका थिए।

सोइशिरो होण्डाले श्रीमतीको गहना बेची मोटरसाइकल कम्पनि खोल्ने जोखिम उठाएका थिए।

राइट दाजुभाइले सर्वप्रथम सबैथोक खर्चेर असम्भव मानिने हवाईजहाज उदाउने जोखिम उठाएका थिए।

मर्ने बाच्ने कुनै ठेगान नहुदा नहुदै क्रिष्टफोर कोलम्बसले अमेरिका खोज्ने जोखिम उठाएका थिए।

छरे रोगले ग्रसित हुदा हुदै अनि खुट्टा भचिएअ पनि प्याटी विल्सनले ४०० माईल दौडने जोखिम उठाएका थिए।

तमाम चुनौतीका बाबजुद फ्रेड स्मिथले चौविसै घण्टा समान डेलिभरी गर्ने ( फ्रेडलर एक्सप्रेस) कम्पनि खोल्ने जोखिम उठाएका थिए।

जति पनि सफल भए ति सबैले कुनै न कुनै जोखिम उठाएका थिए। उनीहरु डरले थुनिएर बसेका थिएनन्, जीवन संग रिस्क लिने काम र हिम्मत गरेका थिए। उनिहरु पटक पटक असफल पनि भए तर अन्तमा सानदार जित हासिल गरेर विश्व हल्लाउन सफल भए। बुजिराखौ जसले जीवनमा जोखिम उठाउदैन त्यहिनै सबै भन्दा ठुलो जोखिम हो।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!