१.सधैं राम्रो काम गर्दै जानुस साथ दिने वालाको कमी भए पनि इज्जत गर्नेहरुको कमी हुने छैन ।
२.शुरुवात गर्नको लागि महान हुनु आवश्यक छैन तर महान हुन को लागि शुरुवात गर्न जरुरी छ ।
३. आजको मान्छेहरु सत्य कुरा दिल मा लिदैनन तर झुठो कुराहरु तुरुन्तै दिमागमा लिन्छन।
४. जसले आमाबाबुलाई स्वर्ग लिएर जान्छ त्यो छोरा हो, जसले स्वर्गलाईनै घरमा लिएर आउछ त्यो छोरी हो,र जसले घरलाईनै स्वर्ग बनाइदिन्छ त्यो बुहारी हो।
५. प्रक्रितीको नियम जिबनको नियम मनको नियम मा हिंड्न सिक्यौ भने अरुको नियममा हिंड्नु पर्दैन ।
६. राम्रो दिन भन्दा पनि राम्रो सम्बन्धलाई सम्हालेर राखनुहोस् किनकी राम्रो सम्बन्धले राम्रो दिन ल्याउन सक्छ तर,राम्रो दिनले राम्रो मान्छेलाई ल्याउन सक्दैन।
७. आफ़नो स्वाभिमानलाई यस्तो ‘पोखरी’ बनाउनुस् कि देख्नेले फोहोर देखेता पनि त्यहाँ कमलको फुल फूलोस् र मैं हूँ भन्ने जंगलको राजा सिंह नै आए पनि सिर झुकाएर पानी पियोस।
८. जिन्दगीमा तपाईं जे गर्न चाहनुहुन्छ त्यो अवस्य गर्नुस , यो नसोच्नुस कि मान्छेले के भन्लान ? किनकी मान्छेले तब पनि भन्छन जब तपाईं केही गर्नु हुन्न ।
९. जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।
१०. तपाईं भित्र बद्लिनु भयो भने बाहिर निस्क्न सक्नु हुन्छ तपाई बाहिर बद्ल्न खोज्नु भयो भने जहाँ को तेही रहनु हुन्छ ।