केहि मनछुने लाइनहरु

केहि मनछुने लाइनहरु – भाग आठ

१. मन्दिर पनि कस्तो गजबको ठाउँ हो, गरिब बाहिर भिख माग्छन्, धनी भित्र ।

२. यति तितो पनि बन्नुहुदैंन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैंन कि सिधै निलिदिउन् ।

३. आमा बुवाले भन्छन्,”छोरी पराई घर जाने हो।” सासु ससुराले भन्छन्,”यो त पराई घरबाट आएकी हो।” आखिर छोरी कुन घरको लागि जन्म लिन्छिन् ।

४. चेस खेलको एउटा नियम अजिबको छ, चाल जुनसुकै चल्नुस् तर आफ्नालाई कहिल्यै मार्न सकिदैन । कास यो नियम मान्छेहरूमा पनि भइदिए ।

५. मान्छेले हात मिलाउँदा तपाईंसित होइन, तपाईंको स्थितिसँग हात मिलाउँछन् ।

६. दुनियाँको सबैभन्दा सस्तो मजदुर श्रीमती हुन्छिन् जसलाई जिन्दगीभर यहि भ्रममा राख्ने गरिन्छ कि “तिमी, पुरै घर कि मालिक्नी हौ।

७. कुनै मसानघाटमा लेखिएको थियो,”कसैलाई के आरोप लगाउनु साथी ! जिन्दगीमा सताउनेहरू पनि आफ्नै थिए र जलाउनेहरू पनि ।

८. म आफुलाई हरेकका लागि राम्रो सावित गर्न सक्दिनँ । जसले मलाई चिनेका छन्,उनीहरूका लागि म ठिकै छुँ । अरूले जेसुकै राम्रो नराम्रो भने पनि, मान्छे आफ्नो नजरमा सही हुनुपर्छ । किनभने गुनासो त धेरैलाई ईश्वरप्रति पनि त छ ।

९. यदि तपाईं कुनै यस्तो व्यक्तिको पर्खाइमा हुनुहुन्छ जसले तपाईंको जिन्दगी नै बदलिदेओस् । हो भने एकपल्ट एनामा गएर हेर्नुस्।

१०. बन्नु नै छ भने मेहेन्दी को पात जस्तै बन जो आफु चुडिएर-सुकेर-पिसिएर पनि अरु को जीवनमा रङ्ग छारिदियोस I

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!