१. यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन । किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।
२. अरुलाई बुझ्नु ” बुद्धिमानी ” हो र आफुलाई बुझ्नु असली ” ज्ञान ” हो भने अरुलाई काबुमा राख्नु ” बल ” हो तर आफुलाई काबुमा राख्नु वास्तविक ” शक्ति ” हो ।
३. दुश्मनी गरेर मलाई हराउँछु यो कहिल्यै नसोच्नु तिमी,मित्रता बढाउनु म आफै हारिदिनेछु।
४. एउटा यस्तो बाटो रोज्नु होस् जहाँ गन्तव्यसम्म पुगेपछि तपाई एउटा कोईलाबाट हिरामा परिणत हुनुहुनेछ।
५. कसैको खुट्टामा गिरेर प्रतिष्ठा पाउनुको बदलामा आफ्नो खुट्टामा उभिएर केही बन्ने संकल्प लिनु राम्रो हो ।
६. जिन्दगी यस्तो होस् घृणाले भरिएको जीत भन्दा माया र प्रेमले भरिएको हार होस्।
७. जिन्दगीको हात हुदैन तर – कहिले काहीँ यसले यस्तो थप्पड हान्छ कि पुरै जिन्दगी भर याद रहन्छ ।
८. समय राम्रो उसैको हुन्छ जसले अरुको बारेमा कहिल्यै नराम्रो सोच्दैन।
९. रात जति सुकै अन्धकार किन नहोस सुन्दर बिहानी नयाँ जागरको साथ झुल्किन्छ ।
१0. कसैको राम्रो दिल बुझ्नको लागि पहिला आफुसित राम्रो दिल हुनु आवस्यक हुन्छ ।
११. शरीरका चोटहरू धैर्यता सिकाउंछन्, मनका चोटहरू अनुभव दिलाउंछन्। वास्तवमा जीवनका सबै चोटहरू आशिर्वाद नै हुनेगर्छ्न ।
१२. मैले कसरी जान्न सक्छु दर्दको मूल्य मेरा आफ्नाहरुले सित्तैमा दिएर गए ।
१३. स्वर्गमा सबथोक छ तर मृत्यु छैन,गीतमा सबथोक छ तर झुट छैन,संसारमा सबथोक छ तर कसैलाई शान्ति छैन,आजकालको मानिसमा सबथोक छ तर धैर्य छैन।