केहि मनछुने लाइनहरु

केहि मनछुने लाइनहरु – भाग छ

१. यदि कसैले तपाइलाई आवश्यकता पर्दा मात्र याद गर्छन भने पनि उनिहरुलाई गलत नबुझ्नुहोस किनकी तपाईं उनिहरुको जिन्दगीको लागि त्यो ज्योतीको किरण हुनुहुन्छ जसले उनिहरुको अध्यरोपना लाई उज्यालोमा परिणत गरिदिने सक्षमता राख्नुहुन्छ।

२. अँध्यारो थियो र त बत्तिको आविष्कार भयो, हिंडेर टाढा पुग्न गाह्रो भयो र त गाडीको आविष्कार भयो ।समस्या प्रगतिको बाधक होईन । त्यो त प्रगति गर्नको लागि अवसर हो । त्यसैले समस्यालाई ठूलो बाधक ठानेर नबस्नुहोस्, त्यसको समाधानमा लाग्नुहोस्।

३. जब तलाउमा पानी भरिन्छ तब माछाले किरालाइ खाने गर्दछ, तर जब तलाउमा पानी सुकेर जान्छ तब तेहि माछालाइ किराले खाने खाने गर्दछ। त्यसैले कहिले पनि जीवनमा शक्ति हुनेहरुकाे रवैयावाट निरास नहु किनकि पालाे सवैकाे अाउछ वस अलिकति ढिलाेचाडाे मात्रै हाे ।

४. शिक्षा भन्दा पहिला संस्कार भगवान भन्दा पहिला अामा-बुवा लाई अग्र स्थानमा राख्न सक्यो भने जिन्दगीमा कहिल्य दु:ख कष्ट भोगनु पर्दैन ।

५. यदि विवाहित जिवनमा खुशी देख्न चाहनुहुन्छ भने दुई वटा कुरा याद राख्नुस १. जब तपाई गलत हुनुहुन्छ आफ्नो गल्ती चुपचाप स्विकार गर्नुस। २. जब तपाईं सहि हुनुहुन्छ हने पनि मौन रहनुस।

६. नजिकिन खोज्ने सबै मित्र हुदैनन् अर्थात नजीकीएका सवैलाई मित्र बनाउनु पनी हुदैन। जुका र मच्छेड पनि सधै नजिकिन्छन् तर रगत चुसेर जान्छन् । त्यसैले हामी संग नजिकीने व्यक्ति पनी त्यस्तै नहोलान भन्न सकिन्न।

७. दुई किसिमको मान्छेबाट होशियार रहनुस १. एक त्यो जो तपाईमा त्यस्त ` कमी ´ बताउछ जुन तपाईमा छैन। २. दोस्रो त्यो जुन तपाईको त्यस्तो ` खुबी ´ भनिरहन्छ जुन तपाईमा छैन।

८. तिन  घन्टा को परिक्षा होइन जिन्दगी सधै प्रश्न को उत्तर मात्र दिन लाई, जिउनको लागि त उत्तर दिन मात्र होइन आफैलाइ प्रश्न गर्न पनि जान्नु पर्छ त्येसैले त भनिन्छ नि सफल जीवन जिउन को लागि उत्तर खोज्न मात्र होइन प्रश्न रोज्न पनि जान्नु पर्दछ I

९. परिस्थितिले “तपाईंलाई जित्ने” वा परिस्थितिलाई “तपाईंले जित्ने” भन्ने कुरा तपाइँको गुण मा भर पर्छ I उम्लिरहेको पानि मा अन्डा रखिदिनुस बदलिएर सार्हो हुन्छ,आलु राखीदिनुस बदलिएर नरम हुन्छ,तर चिनी रखिदिनुस चिनीले पानि लाइ नै बदलेर चासनी बनाइदिन्छ I कोहि परिस्थिति अनुरुप आफुलाई बद्लिन्छन त कोहि परिस्थिति लाइ नै बदलिदिन्छन I

१०. सामाजिक संजाल  लाई तपाई प्रयोग गर्दै हुनु हुन्छ भने त ठिकै छ तर, यदि सामाजिक संजाल द्वारा तपाई परिचालित हुनु भएको छ भने, मान्नुस कि तपाई जोखिम मा हुनु हुन्छ, जस्तै कि तपाई एउटा यस्तो TV जसको रिमोट कन्ट्रोल अरु कसैको हात मा छ र उनि हरु तपाईलाइ आफ्नो मनो-मानि अनुसार नचाई दिन्छन र तपाई कठपुतली सरि नाच्नु पर्छI

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!