१. त्यो मान्छे सफल हुन्छ जसले अरूले हानेको ढुङ्गा टिपेर प्रतिकार होईन त्यहि ढुङ्गाले बाटो बनाउँदै अघि बढ्छ ।
२. “ढुंगा” एक पटक मन्दिर जान्छ र भगवान बन्छ तर… मान्छे दिनदिनै मन्दिर जान्छ र पनि सधै ढुंगै रहन्छ।
३. व्यवहारले चिनिन्छ व्यक्ति, महङ्गो कपडा त पुत्लाले पनि लगाएको हुन्छ पसलमा।
४. धोका दिनु त हरेक मान्छेको “काम” हुन्छ बाध्यता त बस् लुकाउनुको “नाम” हुन्छ “ल।
५. एकदिन सानो माछाले ठूलो माछा लाई सोधेछ सानो माछा : हामी सदै पानीमा किन बस्छौ जमिनमा किन बस्दैनौ? ठूलो माछा : हामी fish हौ बाबू selfish होइनौ।
६. जमाना पनि अजिबको छ , यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ ।
७. मौका सबैलाई आउँछ , समय सबैको आउँछ , कसैले चाल चल्दछ भने कसैले सहन्छ ।
८. घमण्ड जसमा कम हुन्छ महत्व उसैको बढी हुने गर्दछ ।
९. कपडा जतिसुकै महगो होस घटिया चरीत्रलाई लुकाउन सक्दैन ।
१०. ठक्कर यसकारणले लाग्दैन कि मान्छे लडोस , ठक्कर यसकारणले लाग्छ कि मान्छे सम्हालियोस ।