१. बाँच्छन सबै, तर कोहि सबैकुरा पाएर पनि दुखी रहन्छ कोहि धेरै अभावहरुको बाबजुद पनि खुशी रहन्छ ।
२. साफ साफ बोल्नेहरु कडा पक्कै हुन्छ तर धोकेवाज हुदैन।
३. यदि तपाइको खुट्टामा जुत्ता छैन भने अफसोस नगर्नुस, किनकी दुनियाँमा यस्तो पनि मान्छे छन जसको खुट्टा नै छैन ।
४. धनी त म पनि थिए , तर सम्पत्ती सिर्फ दिलको थियो, खर्च पनि धेरै गरे ए साथी , तर दुनियाँमा गन्ती सिर्फ नोटको थियो ।
५. यदि आँखामा सुन्दरता छ भने तपाइलाई दुनियाँ राम्रो लाग्छ, यदि तपाइको बोल्ने जिब्रो सहि छ भने तपाई दुनियाँलाई राम्रो लाग्नुहुन्छ ।
६. मृत्यु सित के डराउनु , “मिनेट” को खेल हो , “आफत” त जिन्दगी हो , “वर्षौसम्म” चल्ने गर्छ ।
७. जिन्दगी यसरी जिउनुस कि कोहि हाँस्छन भने हाम्रो कारणले हाँसोस, हामी माथी होइन , र कोहि रोयो भने हाम्रो लागि रोयोस , हाम्रो कारणले होइन ।
८. एउटा कुरा याद राख्नु खोज्दा खेरी उहीँ भेटिन्छ जो हराएको थियो त्यो कहिल्यै भेटिदैन जो बदलिसकेको हुन्छ।
९. मान्छे को जिन्दगी नि कति अजिबको छ है, अगरबत्ती भगवानको लागि किन्छ अनि बासना चाहिँ आफुलाई मनपर्ने रोज्छ।
१०. मतलबी मान्छेहरुको साथ मा बस्नुको छुट्टै मजा छ अलिकती दुख अवस्य दिन्छ तर पुरै दुनिया को दर्शन उसैको भित्र नै भइदिन्छ।