१. जब कसैले दिल दुखाउछ भने चुप लाग्नुपर्छ किनकी जसलाई हामी जवाफ दिन सक्दैनौ त्यसलाई समयले जवाफ दिन्छ ।
२. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ।
३. सफलताको लागि संघर्ष गरिरहदा चर्को घामकै आवश्यकता हुन्छ, यदि शितल छहारी पाइयो भने बिचमै निदाउन सकिन्छ।
४. छोटो जिन्दगीमा समयले धेरै परिक्षाहरु दिएको छ साथी, सवैसंग मित्रता गर तर कसैको भरोसा नगर।
५. सोच नै नकारात्मक छ भने तिमि जति नै डिग्री र पैसा कमाए पनि कहिलै खुसी तथा सफल हुन सक्दैनौ।
६. राति सम्म फुललाई पनि थाहा हुदैन रे भोली बिहान मन्दिर जानु पर्छ कि आयॅघाट, त्यसैले आजको लागि बाच्नुस भोलिको लागि होईन।
७. यदि तपाईंलाई अरुले हेला गर्छन् भने मतलब नगर्नुस् । किनकि संसारमा अहिले धेरैजसो उही व्यक्ति सफल छन्, जसलाई पहिले कसैले लायक ठानेनन् ।
८. सम्पत्ति बेचेर इज्जत कमाउनु, तर इज्जत बेचेर कहिल्यै सम्पत्ति नकमाउनु । किनकि, गुमेको सम्पत्ति बरु कमाउन सकिन्छ, तर गुमेको इज्जत फेरि कहिल्यै कमाउन सकिँदैन ।
९. जबसम्म चेतनाले तपाइको सपनालाइ स्वीकार गर्दैन तबसम्म महान कार्य गर्न सकिँदैन। सफल हुनु छ भने पहिले आफ्नो मस्तिष्कलाई आफ्नो सपना ग्रहण गर्न सिकाउनुस।
१०. आफुले गर्न नसक्ने कुरामा चित दुखाइ गरेर बस्नु भन्दा आफुले के गर्न सकिन्छ त्यो कुराको उत्खनन गर्न लागौ।
very meaningfull lines appreciated