कथा

मनसाय जती सुकै राम्रोहोस दुनियाँ त तपाईंको प्रस्तुति देख्ने गर्छ तर प्रस्तुति जती सुकै राम्रोहोस  भगवान तपाईंको शृप मनसाय देख्ने गर्नुहुन्छ। एउटा मनछुने कथा

मनसाय जती सुकै राम्रोहोस दुनियाँ त तपाईंको प्रस्तुति देख्ने गर्छ तर प्रस्तुति जती सुकै राम्रोहोस  भगवान तपाईंको शृप मनसाय देख्ने गर्नुहुन्छ ।

इच्छा ! इच्छा यस्तो चिज हुन्छ नि जसको कहिल्यै अन्त्य नै हुदैन । हामी सबैको धेरै थोरै इच्छाहरु हुनेगर्छन । एक पूरा हुन बित्तिकै अर्को इच्छा जन्मिहाल्छ । एक दिन एक राजाले आफ्ना सारा प्रजाको लागि एउटा ठुलो घोषणा गरे । उनले भने म तपाईंहरु सबैको राजा हु त्यसैले मेरा सारा चिजहरु पनि तपाईंहरुका हुन । भोलि बिहान आठ बजे दरबारको द्वार खोलिनेछ र सारा प्रजालाई दरबारमा निमन्त्रणा गरिएको छ । जो जुन चिजलाई सबैभन्दा पहिले हात लगाउने छ उ चिज उसको हुनेछ ।

अब तपाईनै सोच्नुहोस कुनै राजाले यस्तो घोषणा गरे भने उहाँका प्रजामा कस्तो – के भयो होला …!! सबै जन्ता आपसमा यहि सोचिरहेका थिए कि मैले के लिने होला ? मलाई के चाहियो ? कुन चाहिँ चिज छ जो मलाई सबैभन्दा प्रिय् ? एउटा मात्रै चिज लिने अनुमनि थियोे । त्यो सारा रात शाहेदै ती प्रजामा कोहि सुत्यो होला । सबै यहि सोच्दा सोच्दा आकुलव्याकुल थिएकि उनलेे के लिनुपर्छ ? के लिने होला ?…..

जसरी दरबारको द्वार खुल्यो सबै दौडेर आफुलाई मन परेको चिजलाई छुन चाहान्थे । कोहि चाहान्थेकी घोडा उनको भैदियोस किनकि उनिहरु घोडाका सौखिन थिए । कोही चाहान्थेकी हात्ती उनको भैदियोस र कोहि चाहान्थेकी दुधालु गाई उनलाई मिलजाओस । कोहि चाहान्थेकी दरबारमा लगायको आलिसान सिंहासन उनलाई मिलदियोस , कोहि चाहान्थेकी हिरा मोति उनलाई मिलदियोस । कसैलाई राजाका कपडा र कसैलाई रानिका गहनामा नजर परेको थियोे । हरेक कसैको कुनै न कुनै चिजहरु प्रति नजर थियोे । हरेक कसैलाई लागीरहेकोे थियोे कि आफुलाई मन परेको चिज उनलेे भन्दा पहिले अरु कसैले नछुइदियोस । एक भागदौड मच्चिरहेको थियोे । भागदौडको माहोल चलिरहेको थियोे र राजा आफ्नो सिंहासन बाट यो सबै देखेर मन्द मन्द मुस्कुराइरहेका थिए कि कस्तो तरिकाले यहाँ भागदौड मच्चिरहेको छ भनेर …

यत्तिकैमा यी सबैको माझमा एक सानी बच्चि बिस्तारै आफ्ना डगमगाई रहेका कदमहरु बाट हिड्दै आई र राजा भयतिर आइरहेकि थि …। राजाले उसलाई देखे केहि थोरै हैरान भय तर बच्चि सानी छ हुनसक्छ मलाई केही सोध्न आइरहेकि होलि । तर उस बच्चिले त केही अरकै पो गरि ! आई.. आएर सिधै राजाको काखमा बसिहाली । उसले राजालाई नै आफ्नो बनाइहाली ! …अब, जब राजा नै उसको भैसके भने राजाका सारा चिज पनि उस बच्चिको भैसके …। बाकी सारा मानिसहरु हैरान भयकि उनीहरुले यस बारेमा किन सोचेनन ?

जो गल्ती बाकी मानिसले गरे हामी र तपाईं पनि हरेक दिन गरिरहेका हुन्छौ । ईश्वर संग चाहानु र ईश्वरलाई चाहानु यी दुई चिजहरुमा धेरै फरक हुने गर्दछ । ईश्वरले बनायका यश दुनियाँमा धेरै साँङसारिक बस्तुहरु छन जुनलाई तपाईं हामी चाहानछौ तर यिनी चिजहरुलाई बनाउने वाला उ जो ईश्वर हुनुहुन्छ उहाँलाई चाहाना गर्न भुलदिन्छौ , उहाँ संग टाढा भैहाल्छौ र यो भुलिहाल्छौ कि यदी तपाई उहाँ संग नजीक हुनुहुन्छ भने सारा उ सुख् जसको लागि तपाई यति धेरै भागदौड गरिरहनु भएको छ उ सबै चिज तपाई लाई मिल्ने छ । जो उ ईश्वरको ठुलो ..खुल्ला दिल छ, उहाँ तपाईंलाई शान्ति र आनन्द दिनुहुनेछ जो ठुला – ठुला चिजहरु, ठुला – ठुला सम्पत्तिहरु तपाईंलाई दिन सक्दैनन । त्यसैले केही समय शान्त भएर आफुलाई ईश्वरको चरणमा महसुस गर्ने कोसिस गर्नुहोस । यो फरक तपाई आफै महसुस गर्न पाउनुहुनेछ कि ईश्वर संग चाहानु र ईश्वरलाई चाहानु कति धेरै अलग रहेछ यी दुबै चिजमा …। ईश्वरलाई चाहेर हेर्नुहोस ! ईश्वर संग मिलेर हेर्नुहोस… !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!