व्यक्ति बिचार

यदि तपाईं सफलता चाहनुहुन्छ भने संघर्ष गर्नुहोस् । यदि तपाईं अझै धेरै सफलता चाहनुहुन्छ भने संघर्षमा अझ धेरै मिहेनत गर्नुहोस् ।

कुटिएर, थिचिएर अनि आगोको रापमा नसेकिएसम्म बलियो भाडो बन्दैन । ताप र चाप नसहेसम्म कोइला हिरा बन्दैन । हावाको दवाव हुँदैन भने चंगा माथीसम्म उड्न सक्दैन । अँध्यारो रात विना के कुनै तारा चम्कन सक्ला ? सप्तरंगी इन्द्रेनी देख्न त वर्षातमा रुझ्नै पर्दछ । आगोको तापमा सेकिन डराउन इट्टालाई त पानीले पनि हेप्दछ । रात विना विहान हुँदैन, शिशिर विना कुनै वसन्त आउदैन । संघर्ष विना कुनै सफलता संभव छैन । भाग्यको भरमा बस्नेहरुले त त्यतीमात्र पाउनेहुन जति कर्म गर्नेहरुले छोडेर जान्छन् । मेहेनत, परिश्रम, निरन्तरको अभ्यास, समयको लगानी, मानसिक दृढता यी सबै संघर्षका रुपहरु हुन् । यदि तपाईं भोलीको लागि सानदार सफलता चाहनुहुन्छ भने, आजै मेहेनत गर्नुस् । खटिनुस् । मन नबटार्नुस्, धैर्य नछोनुस् । असफलताले बारम्बार तपाईंलाई प्रहार गर्न सक्छ । मोज-मस्ति, विलासिताको चाहनाले तपाईको मन मोड्न सक्छ । अल्छ्याईले तपाईंलाई तल तानिरहेको हुनसक्छ । यो नमिल्ला, त्यो नमिल्ला… बस हरेक परिस्थितिमा अघि बढ्दै रहनुहोस् । ढुंगै छ भने पनि पौरख बजार्दै गर्नुस्, म ठोकुवा गर्नसक्छु, एक दिन त्यही ढुंगाबाट मुल फुट्नेछ । तपाईको रोजाई यत्ती हो, या त आज आराम गर्नुस् र पछि दु:खको दिन बाँच्नुहिस् । या त आज मेहेनत गर्नुहोस् र भोलीको दिन सानदार जिन्दगी बाँच्नुहोस् । शोइचिरो होण्डाले मर्मत पसलामा विना तलव काम गरेका थिए, धिरुभाइ अम्बानिले तेल कम्पनिमा नोकरी गर्थे, ब्रुस ली तथा मोहम्मद अलि जस्ता व्यक्ती दैनिक १८ घण्टा अभ्यास गर्दथे, एडिसनले आफ्नो पहिलो ल्याव खोल्न बजार बजार साग र पत्रीका बेचीहिड्थे, अमिताभ बच्च्न हरेक पल्ट अडिसन दिन जन्थे र फालिन्थे… यी लिस्ट निक्कै लामो छ । निचोड यहि हो, यदि सफलताको गाउसम्म पुग्ने कुनै बाटो छ त त्यो यहि संघर्षको बाटो हो । अल्छीहरु आधा जिन्दगी योजना बनाएर बिताउछन र बाँकी आधी जिन्दगी असफलताको कारण देखाएर बिताउछन् । आज विलासितामा रम्नेहरु, भोलि अभावको जिन्दगी गुजार्न बाध्य हुन्छन् । तर, जसले आजको समयलाई संघर्षले सिंचिछ उसले भोलिको दिन निकै सफल र सानदार रुपबाट बाँच्न सक्नेछन् । सबैलाई चेतना भया । – यात्री केशर

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!