केहि मनछुने लाइनहरु

केहि मनछुने लाइन भाग पाच

१. यदि तपाईं आफुले जे चाहेको हो त्यसको लागी लड्न सक्नुहुदैन भने तपाईंले जे पाउनुभयो त्यसको लागि रुनु व्यर्थ छ..

२. तागत शब्दमा राख्नुहोस “आवाजमा होइन” किनकी बाली बर्षातले सपार्छ “बाढिले होइन”..

३. हरेक मानिसका शब्द आफैमा अर्थपूर्ण हुन्छ तर खोजेर लेखिने शब्द भन्दा भोगेर लेखिने शब्दले चाहिँ सबै सबैको मन छुने गर्छ..

४. राम्रो देखिने मात्र होईन “राम्रो” बन्ने पनि प्रयास गर्नुस…सबै मानिसहरु केवल “आखाँले” मात्र होइन “मनले” पनि नियालीरहेका हुन्सक्छन्..

५. कुनैपनि चिजलाई बुझ्नको लागि ज्ञानको आवश्यकता पर्दछ ….. तर त्यसलाई महसुस गर्नको लागि अनुभवको आवश्यकता पर्दछ..

६. रुपमा हैन गुणमा बिश्वास गर्नुहोस किनकि “कालो रङ असुभ हुन्छ” भन्छ्न मान्छेहरू तर स्कुलको कालो पाटिले धेरैको जिन्दगी बद्लिएको हुन्छ..

७. जिन्दगीमा त्यस्तो दिन कहिल्यै नआओस धन कमाएर पनि सधै एक्लोपनको आभास होस बरु गरिब नै रहु तर आफ्ना हरु सधै साथ रहुन ..

८.न दु:ख जिबन हो न सुख जिबन हो ,दु:ख र सुख दुबैलाइ सदुपयोग गर्न सक्नु जिबन हो..

९. जब हामी कुनै पनि कुरा सिक्न सुरु गर्छौ तब हामी जित्न सुरु गर्छौ.. १०. हरकोहीलाई माया यसरी गर्नुस् त्यहाँ घृणा नहोस्।

१०. सबैभन्दा पहिला त्यो व्यक्तिलाई खुसी बनाउनु होस् जसलाई तपाई हरेक दिन ऐनामा देख्नु हुन्छ..

1 Comment

  • Xanjib Rawal says:

    Keep going on daii

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!
%d bloggers like this: