केहि मनछुने लाइनहरु

केहि मनछुने लाइनहरु भाग दुई

यदि तपाईसंग डिग्री छ भने कुनै एक क्षेत्र मा तपाई कैद बन्नुहुन्छ तर यदि छैन भने जुनसुकै क्षेत्र मा छलाङ्ग मार्न सक्नुहुन्छ ।

२. यदि तपाइको उमेर अहिले २५ वर्ष छ तर केहि महान काम गर्नुभएको छैन भने तपाई मर्नु भएको २५ वर्ष भईसक्यो तर अब भने आगामी दिनमा महान सोच राखेर महान काम गर्नुहुन्छ भने फेरी तपाई सधैं को लागी बाच्न सक्नुहुन्छ ।

३. जिन्दगी एकदमै गम्भीर छ , यसको जवाफ नखोज्नु होला किनकि जब जवाफ भेटाउनु हुन्छ तबसम्म सवाल बदलिसकेको हुन्छ ।

४. भोलि त्यो आशा हो जहाँ आज पाएको चीज पनि गुमाउनु पर्छ ।

५. दुनिया भरमा जति पनि मान्छे सफल भए र सफल छन् तिनीहरुले एउतै सुत्र र रणनीति बनाएका थिए सबभन्दा पहिले अरुलाई सफल बनाउने , एक हातले लिने र दश हातले बाड्ने।

६. गर्ने समय यही हो किनकी हिजो मरिसक्यो, भोली जन्मेकै छैन । जे आजै गरौ, अहिल्यै गरौ, ढिलाइ नगरौ । हिजोलाई फर्काउन सक्दैनौ, भोली कहिल्यै आउदैन । जे छ आज छ ।

७. सधैँ अर्को गल्ती मात्र खोजिरहने मानिस त्यो झिङ्गा जस्तै हो , जो सबै स्वच्छ र सफा ठाउलाई छोडेर केवल दुर्गन्ध र सिनो मात्र खोजेर हिड्छ ।

८. जिन्दगीमा अभिनय यस्तो सान्दार सित गर्नुस कि पर्दा खसीसकेपछी पनि ताली बज्दै गरोस ।

९. दिलभित्र पस्ने बाटाे त हुन्छ तर निस्कने बाटाे हुदैन त्यसैले त्यहाबाट निस्कन दिल तोडेरै निस्कन्छन ।

१०. घमण्डले मान्छेलाई केहि समय सम्म ठुलो त बनाउला तर महान भने कहिल्यै पनि बनाउन सक्दैन

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!