१. आफ्नो लागि भन्दा परिवारको लागि सोच्ने मानिस बाबा र आमा मात्र हुन ।
२. सानोतिनो कुरामा मनमुटाव र झैझगडा हुदा घमण्ड तोड्ने हो सम्बन्ध तोड्ने होइन ।
३. कस्तो अनौठो छ है जिन्दगी आफ्नो हो तर पनि अरु कसैको लागि सोचेर बाच्नु पर्छ ।
४. आफ्नो श्रीमानको बा आमा लाई आफ्नो बा आमा जस्तो गर्न सक्दैनौ भने तेहि बा आमाले जन्माको छोरोसंग बस्न किन मरिहत्ते गर्छौ ।
५. आकाशमा उड्न सकियो भन्दैमा जमिन नभुल किनकी जमिन बाटै तिमीलाई आज त्यो आकाशमा उड्ने सामथ्र्य मिलेको छ ।
६. अनुहार राम्रो हुने अँखामा बस्छन भने ब्यवहार राम्रो हुने मनमा ।
७. आज पनि त्यस्ता नारीहरु धेरै छन जस्ले आज नभए भोलि त ठिक होला नि भनेर हरेक दिन रोएर बिताइ रहेका छन ।
८. स्वार्थले भरिएको शहर भन्दा स्वस्थ्य र सुन्दरताले भरिएको गाउँ धेरै राम्रो ।
९. हासु भने आँखा भरी आसु छ, नाचु भने मन भरी पीडा छ, बाचु भने जिन्दगी नै व्यथा छ ।
१०. घाउ धेरै छन जिन्दगीमा कोहि आफ्नाले दिएका छन भने कोहि पराइले ।
११. इज्जत धेरै महगो चिज हो हजुर इज्जतको आशा हरेक मानिस बाट नराख्नुस ।
१२. म कसैको लागि आफुलाइ परिवर्तन गर्दिन बस एक जना बाहेक ती हुन मेरी आमा ।