१. जब बिरामी भएर सहन गाह्रो पर्छ नि तब मुख बाट एउटै शब्द निस्कन्छ आमा ।
२. आमाको याद पनि कति अचम्मको जब आउँछ नि तब रुवाएर जान्छ ।
३. त्यस ब्यक्तीको दिल कहिले नतोड्नु जोसंग भगवान बाहेक अरु कोहि साथ छैनन ।
४. ढुङ्गा एकपल्ट मन्दिर गएर भगवान बन्यो , तर मान्छे दिन दिनै मन्दिर गएर पनि ढुङ्गा नै रह्यो ।
५. मलाई आफ्नाले नै सिकाएका हुन् यहाँ कोहि आफ्नो हुन्नन् भनेर ।
६. पहिलो प्रेमको लागि मनले जस्लाइ रोज्छ त्यो आफ्नो होस या नहोस तर दुखी हुन्छु, उसैको सम्झना आउने गर्छ ।
७. मनको धनी होस जिवनसाथी जाबो धनसम्पत्ती त मिलेर कमाउला नि ।
८. चित दुख्यो भन्दैमा रोहि हाल्नु पनि हुदैन सबै मानिस सामु सित मन दुखाउने र रोहिहाल्ने लायकको पनि बन्नु हुन्न ।
९. आँखा ले नदेखे सम्म शंका गर्नु हुदैन किनकि दुनियाको मुख बाट त सधै नै नराम्रो नै सुनिन्छ ।
१०. हामी मिस वोर्ल्ड लाई भन्दा पनि आफनो आमालाई सुन्दर देखछौ यसको मतलब यो होकि जसलाई माया गरिन्छ तेहि चिज सुन्दर लाग्छ ।
११. सन्तानलाई पेटभरी खाना खुवाएर आफू हात मात्रै चाटेर टन्न अघाएझै उज्यालो मुख लगाइ उठ्ने व्यक्तिलाई आमा भनिन्छ ।
१२. जस्ले अरुको इज्जत गर्ने जानेको हुन्छ उसलाइ सबैले इज्जत गर्नेछन ।