१. तपाईलाई अरुले पहिला देख्छन् अनि मात्र सुन्छन्, त्यसैले कहिलेकाही बोलि मात्र मिठो भएर हुदैन, आफ्नो रुप पनि राम्रो राख्न जरुरी हुन्छ।
२. धनको लागि आफ्नो इच्छा नमार्नु होला, आफ्नै रुचीको काम गर्दै जानुस्, त्यसमै पोख्त हुनुहोस्, एकदिन तपाईको रुचीको कामले नै तपाईको लागि धन सिर्जना गर्नेछ।
३. यो मानिसको स्वाभाव नै हो, जे उसले याद गर्नु पर्ने हो, त्यो कुरा उसले बिर्सिन्छ र जे उसले बिर्सिनु पर्ने हो, त्यो कुरा उसलाई सधैँभरि याद रहन्छ।
४. काम शुरु गर्ने मान्छे महान हैन, महान त काम सकाउने मान्छे हो।
५. जहाँ गएपनि जसलाई भेटेपनि राम्रो व्यवहार नै देखाउनु होला, किनकी तपाई त्यो ठाउ फेरी पनि जानु पर्ने हुनसक्छ।
६. जीवनको अर्थ एउटा उपहार खोज्नु हुनुपर्छ भने, जीवनको उद्देश्य त्यो उपहार अरु कसैलाई प्रदान गर्नु।
७. जुन हातले अरुलाई फुल बाडिन्छ, त्यो हातमा पनि सुगन्ध पक्का आउछ।
८. हरेक कुराका सृजना दुई पटक हुने गर्दछ, पहिलो दिमागमा अनि अर्को वास्तविकतामा।
९. कहिलेकाही बेवास्ता गर्ने बानि नै मन शान्त बनाउने उत्तम उपाय भइदिन्छ।
१०. शब्दहरु बुझ्नको लागि शिक्षाको आवश्यकता पर्छ भने त्यसको अर्थ बुझ्नलाई अनुभवको।
११. आफ्नो इमान्दारीतालाई अरुको गुलाम हुन् कदापि नदिनु होला, जे भएपनि आफ्नो आत्मसम्मानसँग सम्झौता नगर्नुहोला।
१२. दूध, दही, मोही, घ्यु या मक्खन, सबै एकै कुलको हुदापनि सबैको मूल्य फरक पर्छ। जो पनि, जे पनि आफ्नो गुण या विशेषताहरुको कारण मूल्यवान हुने हो।