केहि यथार्थ लाइनहरु

यथार्थ मनछुने लाइन संग्रह ६१

१. प्रेम होस या चरी दुवैलाई स्वतन्त्र छोडिदिनुहोस, फर्केर आउँछ भने तपाईंको, फर्किँदैन भने तपाइको कहिल्यै थिएन ।

२. झुटको गति धेरै छिटो हुन्छ, तर गन्तव्य सम्म सत्य नै पुग्दछ ।

३. कोही जान चाहन्छ भने खुशीले जान दिनुहोस जबर्जस्ती सँग सम्बन्ध निभाइदैन ।

४. लाख दलदल होस , पाउ अड्याएर राख्नुहोस, हात खाली नै किन नहोस, माथि उठाई राख्नुहोस, कसले भन्छ चाल्नी मा पानी रोकिन सक्दैन ? बरफ बन्ने समय सम्म हौसला बनाइ राख्नुहोस ।

५. जवाफ होइन समय बोल्दछ , राम्रा राम्रोको राज खोल्द छ ।

६. कसैले भन्यो आफ्नो छोरी माथि नियन्त्रण राख्नुहोस , हाम्रा बुबाले पनि भनिदिनुभयो नियन्त्रण घोडा हरुमा राखिन्छ शेरनी मा होइन ।

७. जो व्यक्ति परवाह नगर्नुको नाटक गर्दछन, उनीहरु सबैभन्दा धेरै प्रवाह गर्दछन ।

८. दिन चाहे दुःखको होस वा सुखको “कृष्ण” आफ्ना भक्तहरुको साथ सधै रहनुहुन्छ ।

९. कति टाढा सम्म पुगि सके म सम्बन्ध निभाउँदा निभाउँदा, मैले आफैँलाई गुमाइ सके आफ्नालाई पाउँदा पाउँदा ।

१०. आमाबुबा माथि त्यति त विश्वास राख्नुहोस जति बिरामी हुँदा औषधिमा राख्नुहुन्छ, पक्कै यो अलि तितो हुनेछ तर तपाईँको फाइदाको लागि हुनेछ ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!