१. सफल मान्छे आफ्नो फैसला ले दुनियाँ बदल्दछ र असफल मान्छे दुनियाँको डरले आफ्नो फैसला बदल्दछ।
२. नजर खराब भयो भने चिकित्सकले ठिक गरिदिन्छ तर नजरिया खराब भयो भने यसको उपचार स्वयमको अतिरिक्त कसैले गर्न सक्दैन।
३. जिन्दगीमा यस्तो मान्छे माथी कहिल्यै अन्याय नगर्नु जोसित गुहार्न को लागि भगवान बाहेक अरु कोहि हुदैन।
४. खुशी हुनको लागि सबैभन्दा पहिलो काम यो गर्नुस कि, मान्छेहरुले तपाइको बारेमा के सोच्नेछन, यो सोच्न बन्द गर्नुस।
५. आफ्नो हिसाब ले बाँच्नुस, मान्छेहरुको सोच त के हो त्यो त कण्डिसन अनुसार बदलिरहन्छ । यदि चियामा झिङ्गा खस्यो भने चिया फ्याकिदिन्छ तर यदि देशी घ्यु मा झिङ्गा खस्यो भने झिङ्गालाई फ्याकिदिन्छन।
६. धनी मान्छे र असल मान्छे मा फरक यत्ती छ कि धनी मान्छे ले अरु को दुख मा स्वार्थ देखिरहेको हुन्छ भने असल मान्छे ले अरुको दुख मा दया।
७. जुन कुरा आज तपाईसंग छ त्यो सधैभरी रहिरहदैन, केही दिन पछि तपाई पनि आज जस्तो हुनुहुदैन।
८. कसैलाइ मद्दत गर्नु छ भने जटिल परिस्थितिमा गर्नुहोस , जन्तिजादा त लाटो पनि तालमै नाच्ने गर्दछ।
९. आत्मबिस्वास ले सफलताको ग्यारेन्टी त गर्न सक्दैन तर संघर्ष गर्न हौसला चाहिँ पक्कै दिन्छ।
१०. सफल हुनु भनेको कुनै खास गन्तव्यमा पुग्नु, ठोस लक्ष्य प्राप्त गर्नुमात्र हैन, आफुले सिकेका कुरा ब्यबहारमा ल्याउनु र अरुलाई सिकाउन सक्नु पनि हो।