कथा

भगवान सबै ठाउँमा पुग्न सक्दैनन् त्यसैले उनले आमा बनाए ।- आमाहरु प्रति समर्पित लाइनहरु

आमाको बारेमा लेखेर वा बोलेर कसैले बर्णन गर्न सक्दैन।आमा बिना न हामी चल्छौ न यो संसार नै चल्छ। आमाको महिमा अनि मायाको बारेमा जति लेखे पनि जति बोले पनि शब्दहरु सधै कमै पर्छन्। आज हामी तपाईहरु माझ तपाईहरुले नै सम्प्रेषण गर्नु भएका आमाको माया अनि महिमा झल्काउन केहि लाइनहरु प्रस्तुत  गरेका छौ।

१. संवेदना हो, भावना हो, स्नेहको आभास हौ आमा जिवनका फुलहरुमा बस्ने सुवास हौ आमा।

२. साच्चिकै जिन्दगीमा आमा भन्दा ठुलो नत कुनै नाता छ नत कुनै आफ्नो मान्छे नै ।

३. मर्नका लागि अनेक बाटाहरु छन तर जन्मने एउटै बाटो छ आमा ।

४. भगवान सबै ठाउँमा पुग्न सक्दैनन् त्यसैले उनले आमा बनाए ।

५. यो स्वार्थी संसारमा बिना स्वार्थ माया गर्ने ती एक मात्र माहान पात्र हुन आमा ।

भन्छन नि “Ladies first” भनेर तर,आमा जैले लास्टमा खाना खानु हुन्छ किन ?

६. आमाको आखामा आशु होइन ओठमा मुस्कान ल्याउने कोशिस गर्नुहोस्।

७. बस, आमाको लागि यत्ती गर्नु छ म निहूरिएर उहाँको पाउ छूदा “अर्को जूनिमा पनी मेरै कोखबाट जन्म लिएस” भन्ने आशिर्बाद पाउन सकू।

८. मन्दिरमा त्यो भगवान हुनुहुन्छ, जस्लाई हामीले बनायौं, घरमा त्यो भगवान हुनुहुन्छ, जस्ले हामीलाई बनाए। न आफ्नाले खुल्दछ न गैरले खुल्दछ , यो स्वर्गको ढोका सिर्फ मेरी आमाको हातले खुल्दछ ।

९. आमा भन्नुहुन्छ, भग्वानलाई ढोग्यो भने उहाँले सब ठिक गरिदिनुहुन्छ रे र म ढोग्छु पनि किनकी मलाई भग्वानको भन्दा बढी विश्वास मेरि आमाको लाग्छ।

१०. आमा शिक्षित हुनुहुन्छ वा अशिक्षित तर आमाले दिएको शिक्षा कहिले गलत हुदैन। सबैको जीवनको पहिलो गुरु भनेकै आमा हुनुहुन्छ।

यो पनि पढ्नुहोस् : आमाहरु प्रति समर्पित केहि मनछुने लाइनहरु-दोस्रो भाग

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!