केहि मनछुने लाइनहरु

मान्छे धेरै राम्रा हुन्छन यदी समय राम्रो छ भने – मनछुने लाइनहरु खण्ड १६

१. काश ! किस्मत पनि निद्राको जस्तै हुन्थ्यो भने हरेक बिहान खुल्ने थियो ।

२. यदी दुई व्यक्तिमा कहिल्यै लडाइ हुदैन भने बुझिहाल्नुस कि सम्बन्ध दिलले होइन दिमागले निभाइरहेका छन ।

३. जब मान्छे नयाँ मान्छेलाई भेट्छ तब पुरानो मान्छेहरुलाई भुलिदिन्छ, तर जब नयाँ मान्छेले दिल दुखाउछ भने तब याद पुरानै को आउछ ।

४. राम्रो दिल र राम्रो स्वभाव दुवै आवश्यक छ, राम्रो दिलबाट सम्बन्ध सुमधुर बन्छ र राम्रो स्वभावबाट जिवनभर टिकिरहन्छ ।

५. हरेक पटक यहि हुन्छ मेरो साथ हरेक नया सम्बन्धले नया चोट दिएर जान्छ ।

६. दिल लगाउदा विछोड हुने हिम्मत पनि राख्नु किनकी जिन्दगीमा तकदिर को साथ सौदा हुदैन ।

७. जिन्दगीका धेरै मामिलामा मौन रहनु नै बुद्धिमानी हुन्छ, जसले सम्बन्ध राम्रो बनाउछ किनकि “Silence is the Best Answer.”

८. मान्छे धेरै राम्रा हुन्छन, यदी हाम्रो समय राम्रो छ भने ।

९. ईच्छा पूरा हुदैन भने क्रोध बढ्दछ, ईच्छा पूरा भयो भने लोभ बढ्दछ ।

१०. प्रेम र मित्रतामा के फरक हुन्छ ? प्रेमले भन्छ ” तिमिलाई केही भयो भने म जिउदो रहन सक्दिन ।” अनि मित्रताले भन्छ ” जबसम्म म जिउदो छु, तिमिलाई केही हुदैन ।”

११. एउटा सानो माछाले आफ्नो आमालाई भन्यो “हामी पानीमा किन बस्छौ, जमिनमा किन बस्दैनौ ?” तब आमाले जवाफ दिइन “छोरा, हामी fish हौ, हामी पानीमा बस्छौ । जमिनमा त सब Selfish बस्छन ।”

१२. यदी हामी `हल´ को हिस्सा होइनौ भने हामी `समस्या´ हौ ।

१३. जब आफ्नो आँखा नै बन्द छ भने अँध्यारोको के दोष ।

१४. सफलता कुनै वस्तुको नाम होइन, यो त एकदमै सिस्टमेटिक अभ्यासको परिणाम हो ।

१५. भोको पेटले झण्डा बेचिरहेको छ र जसको पेट भरीएको छ उसले देश बेचिरहेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!