केहि मनछुने लाइनहरु

म कहिल्यै हार्दिन या जित्छु या सिक्छु – मनछुने लाइनहरु खण्ड १५

१. जुन धागोको गाँठ फुस्किन सक्छ, त्यसमाथी कैंचि कहिल्यै नचलाउ ।

२. आधा दुख गलत मान्छेमाथी आशा राखेर हुन्छ र आधा दुख सच्चा मान्छेमाथी शंका गरेर हुन्छ ।

३. `घाउ´ लुकाउनु पनि एउटा कला हो साथी नत्र यहाँ हरेकको मुठ्ठिमा `नुन´ हुन्छ ।

४. पैसा बोल्दैन तर सबैको बोल्ती अवस्य बन्द गरीदिन्छ ।

५. पहिले जस्तो रङ छैन अब यो जिवनको रङ्गोलिमा, थाहा हुदैन कति विष भरीएको हुन्छ मान्छेहरुको बोलिमा ।

६. जब जिम्मेवारी को बोझ टाउको माथी आउँछ नि अनि थाहा हुन्छ यो मोजमस्ती र ऐयासी कस्तो हुन्छ ।

७. आज चाहे जति नै महंगो जुत्ता लगाउनुस, तर त्यस्तो फिलिङ कहिल्यै आउदैन जुन बचपनमा पिं पिं खालको जुत्ता लगाएर आउथ्यो ।

८. अनुभव उमेर ले होइन परीस्थितीहरु बाट मिल्दछ ।

९. कमालको कलाकार हो मान्छे, आँखाबाट पनि झुठो बोलिहाल्छन ।

१०. फोहोरमैला त पैसाबालाहरु फैलाएका छन, गरीबले त सडकबाट प्लास्टिक को थैलीसम्म उठाएर लिएर जान्छ ।

११. म कहिल्यै पनि हार्दिन या त जित्छु या त सिक्छु ।

१२. जसको मन शुद्ध छैन त्यो कहिल्यै पनि महान बन्न सक्दैन ।

१३. अब त केवल मान्छेमात्र रहयो, मानवता त कहिले मर्यो थाहै छैन ।

१४. दुधको सार छ मलाइमा र जिन्दगीको सार छ भलाइमा ।

१५. केही सम्बन्धहरु यस्तो हुन्छ जसलाई मान्छेहरु जोड्दा जोड्दा आफै टुट्छन ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!