१. जब पकेट तात्तिएको हुन्छ र पेट भरीएको हुन्छ तब सिद्धान्तको कुरा गर्न धेरै राम्रो लाग्छ ।
२. केही समय बस्ने गर बुढापाकाहरुको माझ , हरेक कुरा गुगल मा भेटिदैन ।
३. जिन्दगी मा कठिन परीस्थिती आउँदा कहिल्यै नआत्तिनुस किनकी दूध फाट्दा उहीँ आत्तिन्छ, जसलाई पनिर बनाउन आउदैन ।
४. एउटा ढोका बन्द हुनु भनेको अर्को ढोका खुल्नु हो, एक जना मान्छेले छोडेर जानू भनेको साढे तीन अरब मान्छेको लागि बाटो खोलेर जानू हो ।
५. रङ्गिन सपना देख्नुभन्दा राम्रो यो हुन्छ कि मान्छेले डटेर जिन्दगीको “ब्ल्याक एण्ड व्हाइट” वास्तविकतालाई सामना गरोस ।
६. त्यो देशमा महिलाको अस्थित्व र सम्मान कसरी चम्किन सक्छ ? जहाँ पुरुषहरुको लडाइमा आमा बहिनीलाई गाली दिने गर्छन ।
७. मैले जिन्दगीलाई सोधे, सबैलाई यति दुख किन दिन्छौ ? जिन्दगीले हासेर जवाफ दियो, मैले त सबैलाई खुशी दिन्छु तर एक को खुशी अरुको दुखको कारण बन्दो रहेछ ।
८. आँसु मुस्कान भन्दा राम्रो किन हुन्छ थाहा छ ? किनकी मुस्कान सबैको लागि हुन्छ र आँसु कोहि खासको लागी ।
९. खुशी हुनुको पहिलो कारण हो बितेका कुराहरुबाट अधिक विचार गर्न बाट बच्नु ।
१०. रिसाएर जो छोडेर जान्छ त्यो फेरी फर्केर आउन सक्छ मुस्कुराएर छोडेर जानेहरु कहिल्यै फर्केर आउदैन ।
११. सबै साथी कामको, सबैको आफ्नो मोल जो संकट मा साथ दिन्छ उहीँ सबैभन्दा अनमोल ।
१२. जो मान्छेहरु मनमा उत्रन्छन उनिहरुलाई सम्हालिएर राख्नुस जो मान्छेहरु मनबाट उत्रन्छन उनिहरुबाट सम्हालिएर बस्नुस ।
१३. झुठो आश्वासन भन्दा स्पष्ट अस्वीकार राम्रो हो, मतलबी मान्छेहरु सित दुरी राख्नु नै उचित हुन्छ ।
१४. मान्छेको खुशी मा धेरै अनुहार साथ मा रहन्छ तर त्यो अनुहार हमेशा याद रहन्छ, जुन मुश्किल र दुख मा तपाइको साथ मा हुन्छ ।
१५. सयगुणा बढ्छ सुन्दरता मुस्कुराउदा आफ्नै अनुहार भद्दा हुन्छ मुख फुलाउदा ।