केहि मनछुने लाइनहरु

विश्वस र प्रेममा जबर्जस्ती हुदैन – मनछुने लाइनहरु खण्ड १२

१. हाँस्नु र हँसाउनु कोशिश​ छ मेरो, हर कोहि खुशी रहोस, यहि चाहना छ मेरो , चाहे मलाइ याद कसैले गरोस
या नगरोस, तर हरेक लाई याद​ गर्ने यस्तो बानी छ मेरो ।

२. नल बंद गर्दा नल बंद हुन्छ, पानी होइन ! घड़ी बंद गर्दा घड़ी बंद हुन्छ, समय होइन ! दीपक निभाउदा दीपक निभ्दछ, ज्योती होइन ! झूठ लुकाउदा झूठ लुक्दछ, सत्य होइन ! प्रेम गर्दा प्रेम मिल्दछ, नफरत होइन ! दान गर्दा रुपैया जान्छ, लक्ष्मी होइनं ।

३. जन्म आफ्नो हात मा छैन; मर्नु आफ्नो हातमा छैन; तर जीवनलाई आफ्नो तरीकाले कसरी जिउनु यसको कला आफ्नो हातमा हुन्छ; मुस्कुराउदै गर्नुस; सबैको दिलमा मा ठाउँ बनाउदै गर्नुस ।

४. प्रेम ले भरीएको “आँखा”, श्रद्धा ले झुकेको “शिर”, सहयोग गर्दै गरेको “हात”, सत्मार्ग मा हिड्दै गरेको “पाउ ” र सत्य सित जोडिएको “जीब्रो”, ईश्वरलाई धेरै मन पर्छ ।

५. काँचो घर हेरेर कसैसित सम्बन्ध नतोड्नु साथीहरु अनुभव छ मेरो कि माटोको पकड मजबुत हुन्छ सिमेन्ट मा त अक्सर खुट्टा चिप्लिएको देखेको छु ।

६. विश्वास र प्रेम मा एउटै समानता छ : दुवैलाइ कसैले पनि जबरदस्ती पैदा गर्न सकिदैन ।

७. जिंदगी मा शांति सित जिउने  दुइवटा तरीका मात्र छ : माफ़ गरिदिनुस त्यससलाई जसलाई तपाईं भुल्न सक्नुहुन्न; भूलीदिनुस त्यसलाई जसलाई  तपाईं माफ़ गर्न सक्नुहुन्न ।

८. अरुलाई बुझ्नु ” बुद्धिमानी ” हो । आफुलाई बुझ्नु असली ” ज्ञान ” हो । अरुलाई काबुमा राख्नु ” बल ” हो  तर आफुलाई काबुमा राख्नु वास्तविक ” शक्ति ” हो ।

९. जन्म लिनुभएको छ भने केवल साँस मात्र नलिनुस, बाँच्ने उमङ्ग पनि राख्नुस शमशान यस्तो मान्छेहरुको खरानीले भरीएको छ । जसले सम्झिन्थे कि दुनिया उनीहरुको बिना चल्न सक्दैन 

१०. हात मा टच फ़ोन बस् स्टाटस को लागि राम्रो हुन्छ, सबैको टच मा रहनुभयो भने जींदगी को लागि धेरै राम्रो हुन्छ 

११. ज़िन्दगी मा थाहा छैन कुन चाहिँ दिन अन्तिम हुन्छ, थाहा छैन कुन चाहिँ रात अन्तिम हुन्छ, मिल्दै जुल्दै कुरा गर्दै गरौ, थाहा छैन कुन चाहिँ भेटघाट अन्तिम हुन्छ 

१२. कोहि टुट्यो भने उसलाई सजाउन सिक, कोहि रिसायोभने त्यसलाई मनाउन सिक सम्बन्ध त मिल्दछ भाग्यले, बस् त्यसलाई सुन्दरतापुर्वक मनले निभाउन सिक 

१३. पानी ले तस्वीर कहाँ बन्दछ, इच्छा ले तकदीर कहाँ बन्दछ, कुनै पनि सम्बन्धलाई सच्चा दिलले निभाउ; यो जिंदगी फेरी फर्केर कहाँ मिल्दछ ।

१४. को – कसलाई चाहेर टाढा हुन्छ, हर कोहि आफ्नो परीस्थितिले मजबूर हुन्छ, म त केवल यति जान्दछु हरेक सम्बन्ध “मोती” र हरेक मित्रता “कोहिनूर” हुन्छ ।

१५. पानी बिना नदी बेकार हुन्छ, अतिथि बिना आँगन बेकार हुन्छ । प्रेम हुदैन भने साथी-नातेदारहरु बेकार हुन्छ । पैसा हुदैन भने पकेट बेकार हुन्छ। र जीवन मा मित्रता छैन भने जीवन नै बेकार हुन्छ ।

1 Comment

  • RAMESH OLI says:

    एकदम सहि हो

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!
%d bloggers like this: