जिन्दगी बुझ्न एक दमै गाह्रो छ किन भने कैले काही समय अनुसार आवस्यकता बद्लिदिन्छ र कहिले काहीँ आवस्यकता अनुसार समय बद्लिदैन। समय संगै जिन्दगीमा बुझ्नै पर्ने धेरै कुराहरु हुन्छन्। कति हामीले बुझी सकेका हौला त कतिले बुझ्न बाकी नै होला। जिन्दगीमा थाहा पाउनै पर्ने केही लाइनहरु हामिके यहाँ पस्केका छौ। जसले तपाईलाई जिवनमा केही सहयोग अवस्य पुग्ने छ।
1. उज्यालोमा त कोहि न कोहि भेटि नै हाल्छ त्यसैले त्यस्तो मान्छेको खोजी गर्नू जसले अध्याँरोमा पनि तिमीलाई साथ दिन्छ ।
२. दुइ प्रकारको मान्छेले तिमीलाई भन्नेछन् कि तिमी केहि गर्न सक्दैनौ, एउटा जसले प्रयासनै गर्दैन र अर्को जो तिमीले केहि गर्छौ कि भनेर डराउछ ।
३. आफै मेहेनत गरेर आफ्नो भाग्य लेख्नू नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।
४. संघर्षले मान्छेलाई मजबुत बनाउने गर्दछ, चाहे त्यो जतिनै कमजोर किन नहोस । त्यसैले संघर्ष गर्ने गर ।
५. जब कसैले तिमीलाई गिराउन खोज्छ तब यो मान्नु कि तमी त्यो भन्दा माथि रहेछौ ।
हामी भावना र कल्पनामा बाच्ने होइन।।
हामी सधै यथार्थमा बाच्नु पर्छ।।
६. यदि तपाई भित्रको मान्छेले तपाईमाथी बिश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।
७. केही काम सुरु गर्न थालेपछि आत्तिने वा छोड्ने नगर । जिम्मेवार भई लगनसिलताका साथ काम गर्ने मान्छे नै सुखी रहन सक्छ ।
८. जसलाई सपना देख्ने सोक छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने सोक छ उसलाई दिन छोटो लाग्छ ।
९. नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।
१०. आफ्नो दु:खलाई आफै भित्र राख्नु किनकि दुनियामा त्यस्तो मान्छेहरु पनि छन् कि तिम्रो दुखलाई रोई रोई सोध्छन् र हाँसी हाँसी दुनियालाई सुनाउछन।