ज्याक मा चिनको एक गरिब परिवारमा जन्मिएका उनी आज चिनका धनाड्य ब्यक्ति मध्य एक हुन। ज्याकमा एक तेस्तो व्यक्ती हुन जसलाई जिवनमा असफलता बाहेक अरु केहि हात लागेन। तर पनि उनिले कहिले हिम्मत हारेनन। एक पछि अर्को प्रयास गरि नै रहे। कैले उनी शिक्षक काम गरे त कैले टुर गाइडको काम गरे। यहि क्रममा उनले अलिबाबबा डटकम को स्थापन गरे र उनि एक सफल उद्यमी बने। आज तिनै व्यक्ती जस्ले जिबनमा कयौं असफलता पछि सफलता प्राप्त गरेका उनको अनुभवमा आधारित केही चर्चित एवं प्रेरक भनाइहरु यहाँ प्रस्तुत गरिएको छ।
१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।
२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?
६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।
७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।
८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।