१. सबैभन्दा स्थिर चिज आशा हो किनकि मानिसले सबै कुरा गुमाइसकेपछी पनि रहिरहन्छ ।
२. जिन्दगीले एकैपटक नै सहि तर त्यस्तो व्यक्तिसित अवस्य मिलाउछ जसको साथमा हामी आफ्नो सुखदुख सब बाड्न सक्छौ ।
३. समय सधै एकनास हुदैन पालोसबैको आउँछ ढिलो चाडो मात्र हो, आज अरुलाई रुवाउने मान्छे भोली आफै रुन्छ।
४. हृदयमा साचो मानवता भएको मानिसले सधै यो सोच्छ कि, मैले भोगेको दुख अरुले भोग्न नपरोस् र मैले पाएको सुख सबैले प्राप्त गरुन। जस्को आखामा घमण्डको पर्दा हुन्छ न उसले अरुको गुन देख्छ न आफ्नो बैगुन नै देख्छ।
५. एक सफल जिन्दगी भन्दा सन्तुष्ट जिन्दगी निकै राम्रो हो किनकी सफलता अरु मानिसले मानिदिएर भैदिन्छ तर सन्तुष्ट आफ्नै मन, मस्तिष्क र आत्माले हुने हो।
६. विश्वासको पनि एउटा सिमाना हुन्छ जसलाई कायम राख्न सत्य बोल्न अनि दुख सहन सक्ने मन हुन जरुरी छ ।
७. हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
८. मान्छे जतिसुकै खुशी किन नहोस् तर खुशी बाड्नको लागि कोही मान्छे नै छैन भने त्यो खुशीको कुनै अर्थ हुँदैन।
९. मूर्ख बाट गरिएको तारिफ सुन्नु भन्दा बुद्धिमान ब्यक्तीको गाली सुन्ने बानी बसाल्नुस। सच्चाइ नमिठो नै भएपनि लाभदाही हुन्छ ।
१०. खुशी एक महसुस हो जो कोही पनी यसको खोजीमा हुन्छ तर दुख एक अनुभव हो यो थोरै धेरै सवैको साथ हुन्छ ।