केहि मनछुने लाइनहरु केहि यथार्थ लाइनहरु

समय र स्थिति कुनै बेला पनि बदलिन सक्छ – १० मनछुने लाइनहरु खण्ड ५

१. आफ्नै लाग्छन ति मान्छेहरु जो आवश्यकता परेका बेला सल्लाह, सुझाव होइन साथ र समय दिन्छन ।

२. हिलोमा फुल्ने कमल र भिरमा फुल्ने लालिगुरास यस कुराका साक्षी हुनकि साहस र गुण आफुमा हुनुपर्छ, वातावरण र स्थानले फरक पार्दैन ।

३. मान्छेले के भन्लान ? भन्ने मानसिकता ले तपाइलाई अघि बढ्न दिदैन।

४. जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ ।

५. ध्यान राख्नुस समय र स्थिति कुनै बेला पनि बदलिन सक्छ त्यसैले कहिल्यै कसैलाइ अपमान नगर्नुस।

६. जिन्दगी जिउने दुइवटा मात्र तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउ, या जे पाएका छौ त्यसलाई अपनाउ ।

जसको समय खराब छ त्यसलाई साथ अवस्य दिनुस तर

जसको नियत नै खराब छ त्योसित टाढै बस्नुहोस् ।

७. दुई वटा अनुहार मान्छेले कहिल्यै भुल्दैन एउटा मुश्किल मा साथ दिनेलाई अर्को मुश्किल मा साथ छोड्नेलाई।

८. अक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ ।

९. दुनियाको हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ तर एउटा सफलता मात्र यस्तो चीज हो जुन ठक्कर खाएर मात्र मिल्ने गर्छ ।

१०. यदि तपाइलाई कोहि एक व्यक्तिसित गुनासो छ भने उसित कुरा गर्नुस, यदि तपाइलाई अधिकतर व्यक्तिसित सिकायत छ भने आफैसित कुरा गर्नुस।

1 Comment

  • Bhim Kumar Mandal says:

    Nice Thought

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!
%d bloggers like this: