१. आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ।
२. कसैले पनि दुनियाँलाई बदल्न सक्दैन तर आफुले आफैंलाई बदलिँयो भने दुनियाँ आफैं बदलिन्छ!
३. मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, एक पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी ।
४. एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।
५. कहिलेकाही हामी बाहिरको चुनौतीले होइन आफैं भित्रको कमजोरीको कारणले हार्ने गर्छौं।
राम्रो व्यवहार को चाहे कुनै आर्थिक मूल्य होला नहोला , तर करौडो दिललाई किन्ने शक्ति राख्छ।
६. सफल हुनको लागि तपाईको असफलताको डर भन्दा तपाई भित्र सफलताको इच्छा शक्ति बढी हुनु जरुरि छ ।
७. ठूलो सफलता प्राप्त गर्नको लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ।
८. आफ्नो आलोचनाको जवाफ आफ्नो जवाफ ले होइन आफ्नो महत्वपुर्ण कार्यबाट देउ ।
९. एउटा इच्छाले केही बदलिदैन, एउटा निर्णय ले केही बदलिन्छ तर एउटा निश्चयले सबथोक बदलदिन्छ।
१०. जो सङ्घर्ष गर्दछ , एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।