१. हौसला हुनुपर्छ जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।
२. एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
३. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखरमा पुग्दछ ।
४. मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।
५. एक टन सिद्धान्त को तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ ।
६. सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
७. चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।
८. बस्, कन्डक्टरको जस्तो भइसकेको छ जिन्दगी, यात्रा दैनिकी हुन्छ र जानू कहि हुदैन ।
९. सफलताको सात रहस्य मलाई आफ्नो कोठामा नै भेटीयो : कौशीले भन्यो – आफ्नो उद्धेश्य महान राख । पँखाले भन्यो – ठण्डा दिमाग राख । घडीले भन्यो – हरेक मिनेट महत्वपुर्ण छ, सदुपयोग गर । काँचले भन्यो – केही गर्नुभन्दा अगाडि आफुभित्र नियालेर हेर । झ्यालले भन्यो – दुनियालाई पनि हेर । ढोकाले भन्यो – आफ्नो लक्ष्य प्राप्त गर्न पूरा जोड लगाउ । क्यालेन्डरले भन्यो – Up To Date गर ।
१०. रेखाहरु पनि अचम्मको हुन्छ, निधारमा खिचियो भने किस्मत बनाइदिन्छ, जमिनमा खिचियो भने बर्डर बनाइदिन्छ र सम्बन्धमा खिचियो भने भित्ता बनाइदिन्छ।
११. एक रुपैया एक लाख हुदैन तर फेरि एक रुपैया एक लाखबाट निस्कन्छ भने त्यो लाख पनि लाख हुदैन ।
१२. म तपाईंको लाखौ रुपैयाको बिचमा एक रुपैया हु, सम्हालेर राख्नु , बाकी सबै मोहमाया हो ।
१३. पैसाको पछि मुर्खहरु मात्र लाग्छन बुद्धिमानले त काम खोज्छन काम, किनकी उनिहरुलाई थाहा छ कर्म नै पैसा हो ।
१४. बादशाह उहीँ हो जोसित केही नभएर पनि आनन्दित छ ।
१५. बदलिने मौसम, बदलिने सम्बन्ध र बदलिने मान्छे नदेखिए पनि महसुस अवस्य हुने गर्छ ।