प्रेरक लाइनहरु व्यक्ति विशेष भनाइहरु

महान व्यक्तिहरुका महान भनाइहरु – खण्ड दुई

१. बाटोमा भुकिरहेका प्रत्येक कुकुरलाई चुप बनाउनको लागि यदि म रोकिएँ भने, म आफ्नो गन्तव्यमा पुग्न सक्दिन।
– ज्याकी जोयनर-केर्सी

२. शक्ती कसैले तिमीलाई दिने होइन, त्यो आफूले लिने हो।
– बियोन्से नोल्स कार्टर

३. आलोचनाहरुलाई गम्भीरताका साथ् लेऊ तर ती आलोचनालाई व्यक्तिगत रुपमा नलेऊ।
– हिलारी क्लिन्टन

४. अगाडी बढेर सफलता हासिल गर्नको लागि गोप्य सुत्र भनेको काम गर्न सुरु गर्नु हो।
– स्याली बर्गर

५. उच्च विचार राख्ने व्यक्तिले काम तथा योजनाको बारेमा कुरा गर्छ, औसत विचार राख्ने व्यक्तिले कार्यक्रमको बारेमा कुरा गर्छ भने कमजोर विचार राख्ने व्यक्तिले अरु व्यक्तिहरुको बारेमा कुरा गर्छ।
– एलेनोर रुजवेल्ट

६. यदि तिमीले जीवनमा कुनै गल्ती नै गरिरहेको छैनौ भने तिमी आफैले आफ्नो जीवनमा कुनै निर्णय नै लिएको छैनौ।
– क्याथरिन कुक

७. म जटिल छु, महत्वाकांक्षी छु र मलाई मैले के चाहन्छु भन्ने थाहा छ। यदि यो कुराले मलाई चरित्रहीन भनिन्छ भने पनि मलाई कुनै प्रवाह छैन।
– म्याडोना

८. तिमीले मैले गरिरहेको काम मन पराउनु आवश्यक छैन । किनभने त्यो मेरो काम हो।
– ब्येरोन क्याटी

९. यदि तिमीले सबै नियम मान्छौ भने, तिमीले आफ्नो खुशी र रमाइलोलाई गुमाउँछौ।
– क्याथरिन हेपबर्न

१०. महिलाको लागि सबैभन्दा ठूलो सुरक्षा भनेको ‘हौसला’ हो।
– एलिजाबेथ क्यान्डि स्टान्टन

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!