१. एउटा मान्छेलाई बोल्न सिक्न मात्र दुई बर्ष लाग्छ, तर कुन कुरा बोल्ने कुन कुरा नबोल्ने भनेर सिक्नलाई सारा जीवन कम पर्छ।
२. आफ्नो समय र किस्मत मा कहिल्यै घमण्ड नगर्नु , बिहान उसको पनि उसको पनि जसलाई कसैले याद गर्दैन।
३. मान्छेलाई उस्को मनबाट चिन्नु पर्छ छालाको रंगबाट होइन,किनकि नरिबलको बोक्रा हेरेर गर्नुस त मुल्यांकन गुदिको?
४. सहि दिशा र सहि समय को ज्ञान भएन भने उदाउदै गरेको शुर्य पनि डुब्दै गरेको देखिन्छ।
५. जसरी सुकेको पात नझरीकन रुखमा अर्को नयाँ पात आउदैन त्यसरी नै जिवनमा कठिनाइ र सङ्घर्ष बिना राम्रो दिन आउदैन।
६. जसले तपाइको सङ्घर्ष देखेको हुन्छ केवल उसैले तपाइको सफलताको मूल्य जान्दछ , बाकी मान्छेहरुको लागि तपाइको भाग्य एकदमै राम्रो छ।
७. तपाइसित जे छ त्यो तपाइको हिसाबले एकदम कम होला , तर कोहि अरुको नजरबाट हेर्नुभयो भने तपाइसित धेरै थोक छ।
८. मतलबी मान्छेहरुको साथ मा बस्नुको छुट्टै मजा छ अलिकती दुख अवस्य दिन्छ तर पुरै दुनिया को दर्शन उसैको भित्र नै भइदिन्छ ।
९. तपाईको दृष्टिकोणबाट तपाईको जिन्दगिको मूल्य निर्धारण गर्ने गर्दछ। तपाईले तोकेको मुल्यमा तपाईंको सेलिङ हुने गर्छ। आफुलाइ सस्तोमा बेच्ने कि महङ्गोमा यो तपाईको सोचमा भर पर्दछ।
१०. हामीले उज्यालो तर्फ ध्यान दिनुपर्ने भनेकै जीवनको सबैभन्दा अन्धकार मोडमा हो। उज्यालोमा टुकिको कुनै औचित्य हुदैन।