१. पकेट को वजन बढाउदै गर्दा यदि दिलमा पनि वजन बढ्यो भने तब बुझ्नुस कि सौदा घाटाको भइरहेको छ ।
२. यदि कसैले तपाईलाई गलत भन्छ भने उसलाई धन्यवाद दिनुहोस् किनकी उसले तपाईलाई गलत होइन बलियो बनाएको हो।
३. जहाँ अरुलाई बुझ्न मुश्किल हुन्छ, त्यहा आफुलाई बुझ्नुपर्छ ।
४. जिन्दगी मा खराब दिन आउँछ भने राम्रो दिन पनि आउँछ , समुद्रमा हमेशा तुफान आउदैन।
५. यदि तपाइलाई केही मान्छेहरुले मन पराउदैन भने लोड लिनु कुनै आवश्यक छैन , हरेक को मन पराउने बानी राम्रो त हुन सक्दैन नि ।
६. हिजो सम्झेर आज पछुताउनु र भोलि सम्झेर आज रमाउनुको केही औचित्य छैन !
७. जतिसुकै रिसाए पनि त्यो रिसको अन्त्य माफि बाटै हुनेछ,यदि दुई बिचको सम्बन्ध प्रगाढ, साचो, सत्य र निस्वार्थ छ भने !
८. सानो या ठुलो भनेर कसैलाई नहेपौ किनकी जिन्दगी भनेको चेस गेम जस्तै हो खेलन्जेल ठुलो र सानो हुने हो खेल सकिएपछी जाने सबै एउटै डिब्बामा हो ।
९. याद राख्नुहोस दुनिया ले तपाईंको नराम्रो कुरा गर्दैमा आफू बिग्रेको नठान्नु किनकी अक्सर मान्छेहरू बिग्रदा भन्दा बन्न लाग्दा नराम्रो कुरा गर्ने गर्दछ्न ।
१०. यो कारणले सॉचो वोल्ने मानिसहरु सुन्दर हुन्छन् किनकि उनीहरु आफैं टुट्छन् तर अरुलाई टुटाउँदैनन् ।