केहि मनछुने लाइनहरु

आमाहरु प्रति समर्पित केहि मनछुने लाइनहरु-दोस्रो भाग

१. घूर्णा गर्छु म तिनिहरुलाई जो सानो सानो कुरामा पनि आफ्नो आमाको कसम खाएर आमा शब्दको अपमान गर्ने गर्छन् ।

सबै को भाग्यमा कहा लेखेको छ र आमा तिम्रो त्यो चाउरी परेको गाला चुम्ने।

२. म बाडुल्कि लाग्दा पानी पिएर बाडुल्कि मेटछु तर उनी बाडुल्कि लाग्दा हतारिएर मलाई फोन गर्छिन ।

३. मैले आमाको काँधमाँ शिर राखेर सोधे आमा मलाई कहिले सम्म यसरी आफ्नो काँधमा सिर राखेर निदाउन दिनुहुन्छ आमाले हासेर भन्नु भो जब सम्म मलाई मान्छे आफ्नो काँधमा बोकेर मसानघाट पुराउँदैनन् तब सम्म ।

४. मैले साना साना गल्ती हरु गर्दा तेरा खुट्टा भाचिदिन्छु भनेर धम्काउने मेरि आमा, मेरा ती साना पैतालाहरुमा सानो चोट लाग्दा सबैभन्दा बढी दुखि हुन्थिन ।

माथि जसको कहिल्यै अन्त्य हुदैन त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुदैन उसलाई आमा भनिन्छ ।

५. सबै भन्दा ठूलो ज्योतिष त मेरि आमा हुनुहुन्छ । जस्ले मेरो भोक मैले भन्दा अगाडी थाहा पाएर मेरो लागि खाना पस्कनु हुन्छ ।

६. आमा आमानै हुनुहुन्छ, भलौ ५०० माग्दा १०० दिनुहुन्छ होला तर एउटा रोटि माग्दा जहिले पनि २ ओटा नै दिनु हुन्छ।

७. सानो छ्दा म सपना देख्थे आमा पूरा गरिदिनु हुन्थ्यो, आज आमाले सपना देख्नु हुन्छ
मलाई पूरा गर्नु छ ।

८. शिक्षित बुहारी होइन आमा, संस्कारी बुहारी खोज्नु,
बरू म बुढिलाई स्कुल पठाउन तयार छु,
तर तपाईलाई वृद्धाआश्रम पठाउन सक्दिन।

९. थाहा छैन कस्तो जादु छ मेरी आमाको खुट्टा मा जति झुक्छु त्यति नै माथी पुगिरहेको छु ।

१०. आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।

११. म रातभर स्वर्गको आनन्द उठाईरहे, जब निन्द्रा बाट ब्युझिए तब थाहा भयो म त आमाको अंगालोमा निदाएको रहेछु ।

आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन।

यो पनि पढ्भनुहोस् : सबै ठाउँमा पुग्न सक्दैनन् त्यसैले उनले आमा बनाए ।- आमाहरु प्रति समर्पित केहि लाइनहरु पहिलो खण्ड

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!
%d bloggers like this: