प्रेरक लाइनहरु व्यक्ति विशेष भनाइहरु

प्रेम गुरु ओशोका प्रेरक मनछुने भनाइहरु

ओशो, उनी आध्यात्मिक गुरु मात्रै थिएनन् । उनी एक क्रान्तिकारी सोचका धनी पनि थिए। उनको जन्म सन १९३१ डिसेम्बर ११ का दिन छिमेकी देश भारतमा भएको थियो। उनका बिचार आज पनि लाखौं मानिसहरुलाई मार्ग निर्देशन गरिरहेका छ्न। उनले भनेका जिन्दगी सम्बन्धी प्रेरक भनाइ अनि बिचारहरु हामिले यहाँ प्रस्तुत गरेका छौ। आउनुहोस् पढौ अनि केही सिकौ उनका अर्थपुर्ण बिचारहरु बाट।

१. तपाईको सपना पूरा गर्नलाई यहाँ कोहि छैनन्, सबैजना आफ्नो भाग्य र आफ्नो वास्तविकता बनाउने प्रयास गर्दैछन्।

२. आफैलाई खोज्नुहोस्, अन्यथा तपाई आफैले नचिनेका व्यक्तिको विचारमा भर पर्नु पर्छ जस्लाई आफ्नो बारेमा थाहा नै हुदैन।

३. सबैजना शिक्षा प्राप्त गर्न चाहन्छन् जसले गर्दा उनीहरूले यस संसारमा पैसा कमाउन सकुन् , तर शिक्षाको वास्तविक उद्देश्य तपाईंको व्यक्तित्व विकास गर्ने हुनु पर्दछ।

४. मानिसहरुलाई भयको माध्यमबाट जहिले पनि शोषित गरिन्छ।

५. यो कहिल्यै नसोध्नुहोस् कि “मेरो असल साथी को हो?” भनेर। बरु आफुले आफैलाई सोध्नुहोस्, “के म कसैको साँचो साथी हुँ?”

६. मानिसहरूको जीवन अर्थहीन हैन जीवन शैली मात्रै हो अर्थहीन।

७. प्रश्न यो हैन कि मृत्यु पछि जीवन अवस्थित छ कि छैन, वास्तविक प्रश्न यो हो कि तपाईं मृत्यु अघि जिवित हुनुहुन्छ वा हुनुहुन्न?

यदि तपाईं सहासिलो हुनुहुन्छ भने आफ्नो
मनको कुरा सुन्नुहोस। यदि आफुलाइ कायर
सम्झनुहुन्छ भने दिमागको कुरा सुन्नुहोस।

८. सफाई दिन र स्पष्टी बनाउनमा तपाईं आफ्नो समय बर्बाद नगर्नुहोस् … मानिसहरू तेहि सुन्न छन जो उनीहरू सुन्न चाहन्छन।

९. तनावको मतलब त्यो हो कि तपाइँ अरू नै हुन चाहानुहुन्छ, जुन तपाईं अहिले हुनुहुन्न।

१०. सत्य धेरै खतरनाक हुन्छ, यो देखि सावधान रहनुहोस्, किनकि जब जीवनका भ्रमहरु टुट्छन, बाँच्नलाई गाह्रो हुनेछ।

११. जुन दिनदेखि यो जीवन व्यर्थ लाग्न थाल्छ, हो त्यस दिन देखि वास्तविक जीवन सुरु हुन्छ।

१२. जब दुबै प्रेम र घृणा हुँदैन, तब सबै कुरा स्पष्ट र प्रष्ट हुन्छ।

१३. हिस्सा बन्नु छ भने एउटा भीड, एउटा राष्ट्र, एउटा धर्म, जातिको होइन, सम्पूर्ण अस्तित्वको हिस्सा बन्नुहोस्। आफूलाई सानो कुराहरूमा सीमित नगर्नुहोस् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!