१. त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
२. अध्ययन गर्दा कहिल्यै मर्दिन भन्ने भावना राख, व्यवहार गर्दा भोली मर्छु भन्ने सम्झ ।
३. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
४. दुनियाको सबैभन्दा शक्तिशाली मान्छे त्यो हो जो एक्लै उभिन सक्छ , एक्लै बाँच्न सक्छ र एक्लै खुशी हुन सक्छ ।
५. संसार सानो हैन धेरै ठुलो छ त्यसैले कसैले साथ छोड्दैमा उ एक्लो हुन्छ, कहिल्यै नसोच्नु किनकी जानेहरु गएपनि आउनेहरुको कमि कहिल्यै हुदैन
६. तपाईका कोहि सत्रु छन् भने खुसी हुनुहोस् किनकि सत्रु तब हुन्छन् जब उनिहरुलाई लाग्छ कि तपाईं उनिहरु भन्दा माथी हुनुहुन्छ।
७. सानो मान्छे र सानो नोट कठिन परिस्थितिमा काम आउँछ व्यवहार सबै संग राख्नुहोस् ।
८. जन्म लिनु भएको छ भने केवल सास मात्र नलिनुहोस, बाच्ने उमंग पनि राख्नुहोस। श्मशान यस्तो मानिसहरुको खरानी भरिएको छ, जस्ले सोच्थे कि दुनियाँ उनिहरु बिना चल्दैन।
९. हरेक प्रश्नको जवाफ हामी आफैले दिनु पर्छ भन्ने छैन, केही प्रश्नको जवाफ त समय आफैले दिन्छ।
१०. आफ्नो गल्ती लुकाउन अरुलाई बदनाम नगर, समय आफै निर्णायक छ भोलि तपाईं संग पनि बदला लिने छ।