१. जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् । – चार्ल्स डार्विन
२. हामीले विश्वास एउटा कुरामा र काम अर्कै गर्यौ भने हामीलाई सुख कहिल्यै प्राप्त हुदैन । – फ्रेया स्टार्क
३. व्यक्तिको पतन र मुक्तिको कारण संसार होइन उसको काम हो । – हितोपदेश
४. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक तरिकाले गर्दछन् । – शिव खेडा
५. सफलताको जन्मदाता हो, साहस । – विकन्सफील्ड
६. महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ । – विवेकानन्द
७. सपना नदेखि कुनै काम सुरू हुँदैन । – कार्ल स्याण्डबर्ग
८. जो अरू कसैको विचार/तर्क सुन्न चाहदैन, त्यो कट्टर हो । जो तर्क गर्न सक्दैन, त्यो मूर्ख हो । र, जो तर्क गर्ने साहस गर्दैन, त्यो नोकर हो । – ड्रामण्ड
९. उनीहरूले मेरो आइडिया चोरे, यसमा मलाई कुनै खेद छैन । बरू मलाई खेद त यस कुरामा छ कि विचरा उनीहरूको आफ्नै कुनै आइडिया नै रहेनछ। – निकोला टेस्ला
१०. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुदैन । – चाणक्य
११. तिमी पलायन हुने प्रयाश नगर, यो दुनिया कायर व्यक्तिको लागि होइन । ” – स्वामी विवेकानन्द
१२. यदि तपाईसित जित्ने आकांक्षा छ भने आधा जीत भैसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । ” – डेविड एम्ब्रोज
१३. सबैले उज्यालोमा मात्र साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाँले पनि साथ दिदैन । – एडोल्फ हिटलर ‘फ्युहरर’
१४. ऐना मेरो सबैभन्दा असल मित्र हो किनभने म रूँदा यो कहिल्यै हास्दैन । – चार्ली च्याप्लिन