१. एकपल्ट आफूले दिएका आँसु पुछि दिएर त हेर्नुहोस फेरि अरुलाई रुवाउन मनले मान्दैन ।
२. जानि राख्नुहोस तपाई जति प्रेम बाड्नु हुन्छ उति नै प्रेम प्राप्त गर्नु हुनेछ ।
३. यदि कुनै चिज तपाईं नराम्रो देख्नु हुन्छ भने त्यो तपाईको कमजोरी हो। किनकि कुनै चिज आफै मा नराम्रो हुदैन त्यो त हेराइ मा भर पर्छ ।
४. जब कसैले तपाईंको मन दुखायो भने शान्त रहनुस किनकी जसलाई हामी जवाफ दिन सक्दैनौ उसलाई समयले जवाफ दिनेछ।
५. सबै कुरा आफैले भोगेर मात्र कहाँ सम्भव छ र यहाँ, कहिले कहिँ अरुको हेरेर नि सिक्नु पर्ने हुन्छ।
६. कोहि मान्छेलाई त्यति धेरै महत्त्व पनि नदिनुहोस् कि उसमा तिम्रो सास अड्कियोस, के थाहा जुन बेला तपाईंलाई जिउने इच्छा बढी हुन्छ त्यो बेला उनलेे सास रोकिदिउन ।
७. दिनु छ भने मनै देखि दिनु होइन भने सिधै इन्कार गरि दिनु नत्र लिने लाई नी पछुतो दिने लाई नी पछुतो ।
८. जस्को नियत नराम्रो छ उस्को साथ सधै लाई छोड्नुहोस् । जस्को समय खराब छ उस्को साथ कहिलै नछोड्नुहोस् ।
९. काम गर्नको लागि अनुकुल समय पर्खेर नबस्नुहोस। समय कहिल्यै पनि पूर्ण अनुकुल हुँदैन !
१०. संसार जित्न चाहानु हुन्छ भने सबैभन्दा पहिले आफैलाई जित्नुहोस् किनकि संसारलाई जित्नभन्दा यहाँ आफ्नै मन जित्न गार्हो छ ।
११. यदि तपाईं संसारमा आफ्नो अमरत्वको रहर छ भने आफूमा भएको खुबीलाई संसार सामु देखाउनुहोस ।
१२. आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल्नुहोस् जसले यसको मूल्य बुझ्न सक्दैन ।