१. बीस वर्षको उमेरमा एक मानिस आफ्नो इच्छा मा हिंड्छ, तीस वर्षमा आफ्नो बुद्धिमा र चालीस वर्षमा आफ्नो अनुमानमा हिड्छ।
२. सानो गत्ली गर्नबाट सावधान रहनुहोस् किनभने एउटा सानो प्वालले जहाजलाई डुब्न सक्छ।
३. अज्ञानि हुनु तेति लाजमर्दो कुरा होइन जति सिक्ने इच्छा नराख्नु हो।
४. सन्तोषले गरिबलाई धनी बनाउँछ र असन्तुष्टिले धनिलाई गरिब र दरिद्र बनाउँछ। कडा मिहिनेत सौभाग्यको द्वार हो।
५. केहि यस्तो लेख्नुहोस् जुन पढ्न लायक होस् र केहि तेस्तो गर्नुहोस जुन लेख्न लायक होस् ।
६. जसले अरुलाई सहयोग गर्दछ भलै उनीहरूलाई मानिसले सहयोग नगर्लान तर उनीहरुलाई सहयोग भगवान गर्नुहुन्छ। आधा सत्य अक्सर एक ठूलो झूट हुन्छ।
७. जो संग धैर्यता, साहस, लगनशीलता र सकारात्मक सोच छ उसले आफूले चाहेको हर एक कुरा पाउन सक्छ।
८. यदि कुनै पनि व्यक्ति ज्ञान प्राप्त गर्नलाई आफ्नो धन खर्च गर्दछ भने उसको त्यो ज्ञान उ बाट कसैले लिन सक्दैन। ज्ञानका लागि गरिएको लगानीले जहिले पनि राम्रो प्रतिफल दिन्छ।
९. आजसम्म कसैले पनि सम्पत्तीबाट खुशी प्राप्त गर्न सकेको छैन, जति धेरै मानिससँग सम्पत्ति छ, उसले त्यो भन्दा बढि चाहान्छ।
१०. रीस कुनै कारण बिना हुँदैन, तर यो कहिले काहीं अर्थपूर्ण हुन्छ।
११. बुद्धिमत्ताहरूलाई सल्लाह आवश्यक पर्दैन र मूर्ख मानिसहरूले यसलाई स्वीकार्दैनन्। जीवनमा दुखको कुरा यो हो कि हामी चाँडो हुर्कन्छौं/ ठिलो हुन्छौ तर समझदार ढिलो बन्छौं।
१२. तपाईं रोक्न सक्नुहुन्छ तर समय कहिले रोकिदैन र कसैलाई पर्खदैन।
१३. केही मानिसहरु २५ वर्षको उमेरमा मरेका हुन्छन तर उनीहरूको अन्तिम संस्कार ७५ वर्षको उमेरमा गरिन्छ।
१४. मलाई भन्नू भयो भने बिर्सन्छु। मलाई सिकाउनु भयो भने म सम्झने छु र मलाई सामेल गराउनु भयो भने म सिक्नेछु।
१५. आकर्षक सुन्दरता, अथाह शक्ति, धेरै धन,सम्पत्ति वास्तव यि केहि खास होइनन् । यदि सफा हृदय छैन भने।
नोट: हामिले बेन्जामिन फेंक्लिनका भनाइहरु अनुबादन गर्दा शब्दहरुमा कहि कतै गल्ती भएको हुन सक्छ त्यसको लागि हामी क्षमाप्रार्थी छौं।
तपाईलाई बेन्जामिन फेंक्लिनका भनाईहरु कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला र साथिहरुमाझ शेयर गर्नुहोला। यदि तपाईं संग पनि कुनै पनि प्रेरणादायी वा सकारात्मक सामाग्रीहरु छन् भने तपाईको नाम अनि फोटो सहित support@possitivesansar वा positivesansar.com मा ईमेल गर्न सक्नु हुन्छ। तपाईंले पठाउनु भएको सामाग्री हामी यहाँ पोस्ट गर्ने छौ।
यो पनि पढ्नुहोस्: बेन्जामिन फेंक्लिनको गल्तिबाट सबैले सिक्नै पर्ने एउटा पाठ।